मणिपालको कर्पोरेट योजनामा थप २ प्रतिष्ठान आवद्ध

समाधान संवाददाता २०७९ माघ ११ गते १२:००

पोखरा ।
पृथ्वी राजमार्ग बस व्यावसायिक सञ्चालक कम्पनी र पिपुल बचत तथा ऋण सहकारी र मणिपाल शिक्षण अस्पतालबीच सहकार्य हुने भएको छ ।

Advertisement

अस्पतालले ल्याएको नयाँ स्वास्थ्य प्याकेज व्यावसायिक प्रतिष्ठान तथा संघ, संस्था स्वास्थ्य परीक्षण योजनामा सहभागिताका लागि दुई प्रतिष्ठान र मणिपालबीच मंगलबार सहमति पत्रमा हस्ताक्षर भएको छ ।

अस्पतालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल ओडुविल र पृथ्वी राजमार्गको तर्फबाट भरतकुमार मल्लले सहमति पत्रमा हस्ताक्षर गरेका छन् । यस्तै, पिपुल्स सहकारीको तर्फबाट संस्थाका उपाध्यक्ष दीपेन्द्र चालिसेले सहमातिमा हस्ताक्षर गरेका छन् ।

व्यावसायिक प्रतिष्ठान तथा संघ, संस्थाले यो योजनाको लाभ लिनका लागि संघ, संस्था तथा व्यावसायिक प्रतिष्ठानमा कम्तीमा ५० सदस्य हुनुपर्छ ।

Advertisement

तपाईको प्रतिक्रिया