मगर संघ प्रदेश अधिवेशन १४ गते

समाधान संवाददाता २०७९ माघ ११ गते १३:२८

पोखरा ।
नेपाली कांग्रेस निकट नेपाल राष्ट्रिय मगर संघको दोस्रो गण्डकी प्रदेश अधिवेशन यही माघ १४ गते हुने भएको छ । दोस्रो अधिवेशनको तयारी तीव्र बनाइएको प्रदेश सभापति पदमबहादुर पुनले बताए ।

Advertisement

यसअघि, पटक पटक मिति घोषणा भएर पनि स्थगित हुँदै आएको संघको प्रदेश अधिवेशन यस पटक माघ १४ गते शनिबार हुने भएको हो ।

अधिवेशनको उद्घाटन पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने सभापति पुनले जानकारी दिए ।

अधिवेशनलाई सम्बोधन गर्न पार्टीका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री शंकर भण्डारी, गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्र पाण्डेल गायतका नेताको उपस्थिति रहनेछ ।

अधिवेशनमा १० जिल्लाका झण्डै ५ सय प्रतिनिधि सहभागी हुने संघका कास्की जिल्ला सभापति महावीर थापाले बताए ।

Advertisement

जसमा प्रत्येक गाउँपालिकाबाट १ महिला र २ पुरुष, नगरपालिकाबाट २ महिला र ३ पुरुष प्रतिनिधि सहभागी हुनेछन् ।

अधिवेशनअघि लखनचोकमा रहेको नेपालका प्रथम सहिद लखन थापामगरको शालिकमा माल्र्यापण गरी मगर संस्कृति झल्किने झाँकीसहितको र्‍यालीसमेत निकालिने थापाले जनाए ।

तपाईको प्रतिक्रिया