सुन्दरी बजार टोलमा नयाँ नेतृत्व

समाधान संवाददाता २०७९ माघ ११ गते १३:४२

लेखनाथ ।
सुन्दरी बजार टोल विकास संस्थाको शनिबार भएको वार्षिक साधारण सभा एवं प्रथम अधिवेशनले रमेश जिसीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।

Advertisement

समितिको उपाध्यक्षमा ऋषिराम बास्तोला, सचिव पुष्पराज धिताल र कोषाध्यक्षमा रविलाल आचार्य छन् ।

सदस्यमा सन्तोष पौडेल, नारायणकुमार श्रेष्ठ, ईन्द्रबहादुर पुन, शर्मिला गुरुङ र मीनाकुमारी विक छन् ।

लेखा समितिको संयोजकमा लीलाबहादुर जिसी र सदस्यमा भगवती अर्याल र चित्रादेवी अधिकारी सापकोटा छन् ।

भेलाले ऋण उपसमितिका संयोजकमा कर्णबहादुर जिसी र सदस्यमा बुद्धिजंग कार्की र मित्र जंग जिसीलाई चुनेको छ ।

Advertisement

सभामा पूर्व न्यायाधीश वासुदेव न्यौपानेले टोलको विकास लागि टोल विकास संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

संस्थाका अध्यक्ष सूर्यबहादुर चन्दको अध्यक्षतमा भएको कार्यक्रममा लेखनाथ सहकारी संस्थाका अध्यक्ष हरिबहादुर जि.सी, राजेन्द्र जिसी लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया