एकल गुरुङ नृत्य प्रतियोगितामा रुपन्देहीकी एसिका प्रथम

समाधान संवाददाता २०७९ माघ ११ गते १६:०८

पोखरा ।
पोखरा । एकल गुरुङ (गीत) नृत्य प्रतियोगितामा रुपन्देहीकी एसिका गुरुङ प्रथम भएकी छन् । आइतबार पोखरामा आयोजित फाइलनमा एसिका प्रथम भएकी हुन् । स्टार्स फाउन्डशन नेपाल र स्टार्स स्टुडियो प्रालि पोखराद्वारा आयोजित प्रतियोगितामा पाल्पाका सन्तोष मगर द्वितीय र कास्कीकी श्रव्या गुरुङ तृतीय भएका छन् । प्रतियोगितामा क्रमश एसिकाले ३०, सन्तोषले २० र श्रव्याले १० हजार नगद प्राप्त गरेका छन् । उनीहरुले नगदसहित प्रमाणपत्र तथा ट्रफी पाएका हुन् ।

Advertisement


उनीहरुलाई गण्डकी प्रदेशका उर्जा मन्त्री वेदबहादुर गुरुङ श्याम र पोखरा पद्मराज ढकाल, तमुधि युकेका अध्यक्ष हरि गुरुङ र निवर्तमान अध्यक्ष हितकाजी गुरुङले प्रदान गरेका थिए । प्रतियोगितामा सुरुमा ५३ जना अनलाइनमा सहभागिता भएपनि पछि १५ जनालाई अन्तिम प्रतिस्पर्धामा लगिएको थियो ।


उक्त प्रतियोगितामा नेपाली कला, भाषा, संगीत, साहित्य, संस्कार र संस्कृतिमा योग्दान वापत गीतकार एकेन्द्र गुरुङलाई पुरस्कृत गरिएको थियो । उनलाई १० हजार ५० रुपैयाँसहित सम्मान गरिएको थियो । उनले गुरुङ नेपाल भ्रमणको संयोगमा उक्त पुरस्कार प्रत्यक्ष सहभागितामा दिइएको हो ।


उक्त कार्यक्रममा जसु गुरुङ, गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्ची तथा तमुधिं युकेका अध्यक्ष हरि गुरुङ बोलेका थिए ।कार्यक्रमको सञ्चालन सञ्चारकर्मी शान्ति गुरुङले गरेकी थिइन् ।

Advertisement

तपाईको प्रतिक्रिया