कालिका बहुमुखीमा भूतपूर्व विद्यार्थी मञ्च गठन

पोखरा ।
पोखरा महानगरपालिका वडा नं. १४ काजिपोखरी स्थित कालिका बहुमुखी क्याम्पसमा भूतपूर्व विद्यार्थी मञ्च गठन भएको छ ।
क्याम्पसमा अध्ययन गरेका भूतपूर्व विद्यार्थीहरुको भेलाले विक्रम गिरीको अध्यक्षतामा भूतपूर्व विद्यार्थी मञ्च गठन गरेको हो ।
नवगठित मञ्चको उपाध्यक्षमा पुष्पराज गुरुङ, महासचिवमा बलराम गिरी, सचिवमा रमेश खड्का, कोषाध्यक्षमा सिमाकुमारी कुँवर रहेका छन् ।
सदस्यहरुमा विजय बाँनिया, लालबहादुर पुन, उदयबहादुर भट्ट क्षेत्री, सन्देश गौतम र नन्दबहादुर गुरुङ रहेका छन् । भेलाले मञ्चका पूर्वसचिव हुकुमराज थापालाई पदेन सदस्यमा चयन गरेको छ ।
विष्णु थापा, शिशिर ज्ञवाली र सन्तोषमणी लामिछानेलाई सल्लाहकारमा चयन गरेको छ ।
मञ्चका पूर्वअध्यक्ष दीपेन्द्रबहादुर चन्दको अध्यक्षतामा भएको भेलामा प्रमुख अतिथि क्याम्पस प्रमुख विरन्जी गौतम, सहायक क्याम्पस प्रमुख युवराज गुरुङ र सालिकराम तिमिल्सिना, विद्यार्थी कल्याण समितिका अध्यक्ष मुस्कान थापा, क्याम्पस अतिरिक्त क्रियाकलाप समितिका संयोजक शिशिर ज्ञवाली, लेखा प्रमुख फणिन्द्र तिमिल्सिनाले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रमको सञ्चालन माया कुँवरले गरेकी थिइन् भने स्वागत महेश पोखरेलले गरेका थिए ।









टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया