गण्डकीमा माओवादी प्रमुख सचेतकमा सुशीला

समाधान संवाददाता २०७९ माघ ११ गते १७:४९

पोखरा ।
माओवादी केन्द्रले गण्डकी प्रदेश संसदीय दलको प्रमुख सचेतक सुशीला सिम्खडालाई बनाएको छ । सोमबार बसेको संसदीय दलको बैठकले यस्तो निर्णय लिएको हो ।

प्रमुख सचेतकलाई प्रदेश सभा सचिवालयले चालकसहित गाडी सुविधा उपलब्ध गराउँछ । प्रदेश सभा सदस्यलाई अनुशासनमा राख्नेदेखि ह्विप जारी गर्नेसम्मको अधिकार प्रमुख सचेतकलाई हुन्छ ।

गोरखाकी सिम्खडा समानुपातिकबाट चुनिएकी हुन् । ६० सदस्यीय गण्डकी प्रदेशसभामा माओवादीका ८ सांसद छन् । संसदीय दलका नेता हरिबहादुर चुमान भौतिक पूर्वाधार मन्त्री बनेका छन् ।

Advertisement

म्याग्दीबाट निर्वाचित रेशमबहादुर जुग्जाली पनि मन्त्री नियुक्त भएका छन् । माओवादीको चुनावचिन्हबाट चुनाव जितेका नेसपाका फणीन्द्र देवकोटा मन्त्रीका प्रबल दावेदार भए पनि माओवादीको भागमा २ मन्त्रालयमात्र पर्दा उनी मन्त्री बन्न पाएनन् ।

Advertisement

तपाईको प्रतिक्रिया