सबै खेल हार्दा पनि गण्डकी सेमीफाइनलमा

पोखरा ।
तेस्रो टाइगर कप महिला तथा पुरुष भलिबल प्रतियोगितामा अन्तर्गत महिलातर्फको सेमीफाइनल समीकरण पूरा भएको छ ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा भइरहेको प्रतियोगिताको महिलातर्फ सशस्त्र प्रहरी बल (एपिएफ), त्रिभुवन आर्मी क्लब, होङवान्जी न्यु डायमन्ड र गण्डकी प्रदेश सेमिफाइनल प्रवेश गरेका हुन् ।
लिग चरणमा शत प्रतिशत जित निकाल्दै एपिएफ सेमिफाइलनमा प्रवेश गरेको हो । आर्मी २ खेलमा जित निकाल्दै दोस्रो र डायमन्डले १ खेलमा जित निकाल्दै सेमिफाइलनको यात्रा तय गरेका हुन् ।
जितविहीन रहेको गण्डकी प्रदेश पनि सेमिफाइलनमा प्रवेश गरेको छ । प्रतियोगितामा ४ टिममात्र सहभागी हुँदा लिग चरणका कुनै पनि खेल नजितेको गण्डकी प्रदेशले सेमिफाइनल खेल खेल्ने अवसर पाएको हो ।
पहिलो खेलमा एपिएफसँग ३–० सोझो सेटमा पराजित भएको गण्डकी प्रदेशको टोली दोस्रो खेलमा आर्मीसँग पनि ३–० को सोझो सेटमा पराजित हुन पुग्यो । लिग चरणको अन्तिम खेलमा न्यू डायमन्डसँग ३–१ को सेटमा पराजित गण्डकी प्रदेश अंकविहीन रह्यो ।
पहिलो खेलमा एपिएफविरुद्ध गण्डकी प्रदेश पहिलो सेट २५–११, दोस्रो सेट २५–१९ र तेस्रो सेट २५–१६ पराजित हुन पुगेको थियो । दोस्रो खेलमा आर्मीसँग पहिलो सेट २५–१०, दोस्रो २५–१६ र तेस्रो सेट २५–१६ ले गुमायो ।
लिग चरणको अन्तिम खेल न्यू डायमन्डविरुद्ध पहिलो सेट २५–१९ ले जितेको गण्डकी प्रदेशले त्यसपछिका ३ सेटमा २५–१५, २५–१४ र २५–११ ले गुमाउन पुग्यो ।
प्रतियोगिताको सुरुआती अवस्थामा महिलातर्फ गण्डकी प्रदेशले सहभागी नजनाउने भनिएको थियो । पछि विदेशी टिम सहभागी नहुने भएपछि गण्डकी प्रदेश सहभागी हुने अवसर पायो । सोअनुसार महिलातर्फ ५ टिम सहभागी हुने अवस्था थियो ।
तर, अन्तिम समयमा नेपाल पुलिस क्लबले सहभागिता नजनाउने भएपछि महिलातर्फ ४ टिममात्र खेल्ने अवस्था आयो । ४ टिमलाई लिग कम नकआउटबाट खेलाइयो । त्यसमा ४ वटै टिम नकआउट अर्थात सेमिफाइलनमा प्रवेश गरे । त्यसमा कुनै पनि खेल नजितेको गण्डकी प्रदेश पनि सेमिफाइनल खेल्ने अवसर पायो ।
सेमिफाइलनमा प्रवेश गरेको गण्डकीले लिग चरणमा शत प्रतिशत जित निकालेको एपिएफसँग बिहीबार खेल्नेछ । दोस्रो सेमिफाइलनमा दोस्रो स्थानमा रहेको आर्मीले तेस्रो स्थानमा रहेको न्यू डायमन्डसँग प्रतिस्पर्धा गर्नेछ ।
पुरुषतर्फको खेलमा आयोजक गण्डकी प्रदेशले आर्मीलाई ३–२ ले पराजित गरेको छ । पहिलो सेट २५–२३ र दोस्रो सेट २५–२३ ले आर्मीलाई सुम्पिँदै गण्डकी प्रदेशले पछिल्लो ३ सेटमा उत्कृष्ट पुनरागमन गर्दै खेल आफ्नो पक्षमा पार्यो ।
गण्डकीले तेस्रो सेट २५–२३, चौथो सेट २५–२२ र पाँचौ सेट १५–१३ ले जित निकाल्न सफल भयो । खेलमा गण्डकीका घनश्याम चौधरी प्लेयर अफ दि म्याच र रबी केसी बेस्ट स्पाइकर घोषित भए ।
एपिएफले विदेशी टोली श्रीलंकाको सेन्ट जोसेफ भाज स्पोर्टस क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको छ । सेन्ट जोसेफलाई एपिएफले ३ वटै सेट २५–२३ ले पराजित गरेको हो ।
प्रतियोगितामा एपिएफ ४ खेलमा ४ खेलमै जित निकाल्दै १२ अंकका साथ शीर्ष स्थानमा रहँदा गण्डकी ३ खेलमा २ खेलमा जित र १ खेलमा हार व्यहोर्दै ६ अंकका साथ दोस्रो, आर्मी ३ खेलमा १ जित र २ हारसहित ४ अंक, नेपाल पुलिस ३ खेलमा १ जित र २ खेलमा हारका साथ २ अंकसहित चौथो र सेन्ट जोसेफ अंकविहीन रहँदै अंक तालिकाको पुछारमा छ ।
महिला–पुरुष दुवैतर्फ उपाधि विजेता टिमलाई ५–५ लाख नगद, उपविजेता टिमलाई समान नगद २ लाख ५० हजार, तेस्रो हुने टिमलाई नगद १ लाख २५ हजार र सान्त्वना हुने टिमलाई नगद ६५ हजारसहित ट्रफी र प्रमाण पत्र दिइनेछ ।







स्याङ्जाको सिडिओ कार्यालयले जग्गा प्रयोग गरेबापत श्रेष्ठलाई १ करोड रुपैयाँ क्षतिपूर्ति
कालिका बहुमुखी क्याम्पसका गौतमलाई उत्कृष्ट क्याम्पस प्रमुखको सम्मान
लेखा दिवस मनाइयो
हिमपातपछि याकचौँरी बेँसीमा
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया