प्रह्लादमाथिको दुव्र्यहारको निन्दा

समाधान संवाददाता २०७९ माघ १२ गते ११:१२

पोखरा ।
नेपाल पत्रकार महासंघ कास्कीले आफ्ना साधारण सदस्य तथा फेवा टेलिभिजनका समाचार प्रमुख प्रल्हादचन्द्र घिमिरेमाथि भएको दुव्र्यहारको निन्दा गरेको छ ।

Advertisement

स्याङ्जाको आँधीखोला गाउँपालिका ४ बाङसिङ दहमा खानेपानी आयोजनाको बारेमा समाचार संकलनका लागि पुगेका घिमिरेलाई स्थानीयले दुव्र्यवहार गरेका थिए ।

आफू पत्रकार भएको जानकारी गराएर परिचयपत्र देखाउँदा पनि जथाभावी अपशब्द बोलेर भौतिक आक्रमण गर्न खोजेको घिमिरेले बताएका छन् ।

यस्तो व्यवहार प्रेस स्वतन्त्रता माथिकै प्रहार भएको पत्रकार महासंघ कास्की सचिव माधव बरालद्वारा बुधबार प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

केही विषयमा चित्त नबुझे वार्ता र संवादबाट समाधान गर्ने र कानुनी उपचारको बाटो हुँदाहुँदै गरिएको दुव्र्यवहारबारे सत्यतथ्य छानबिन गरी दोषीलाई कानुन अनुसार कारबाही गर्न पत्रकार महासंघ कास्कीले माग गरेको छ ।

Advertisement

विज्ञप्तिमा आगामी दिनमा पत्रकारलाई निर्वाध रुपमा समाचार संकलन, प्रसारण र प्रकाशनको वातावरण मिलाउन सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराइएको छ ।

तपाईको प्रतिक्रिया