‘स्थानीह तहमा श्रम डेस्क राख’

पोखरा ।
स्थानीय तहबाट श्रमिकको समस्या समाधान गर्न श्रम डेस्क स्थापनाको माग राख्दै नेपाल बिजुली पेन्टर प्लम्बर तथा निर्माण मजदूर युनियन (क्युपेक) नेपाल कास्कीले कास्कीका सबै पालिकामा ज्ञापनपत्र बुझाएको छ ।
हरेक स्थानीय तहमा श्रम डेस्क स्थापना श्रमिकका सवाललाई सम्बोधन गर्न माग गर्दै कास्कीका ५ वटा स्थानीय तहमा ज्ञापनपत्र बुझाएको संस्थाका अध्यक्ष तीर्थराज मगरले जानकारी दिए ।
‘स्थानीय तहबाट श्रमिकको पञ्जिकरणको व्यवस्था गरी श्रमिकको अभिलेखिकरण गर्नु आवश्यक छ,’ ज्ञापनपत्रमा भनिएको छ, ‘श्रम डेस्कमार्फत स्थानीय तहबाटै श्रम क्षेत्रमा काम श्रमिकको अवस्था, संख्या, सेवा सुविधा लगायतको व्यवस्थित विवरण संकलन गर्न ध्यान दिन जरुरी छ ।’
ज्ञापनपत्रमा श्रम डेस्क मार्फत रोजगारदाता र श्रमिक बीच असल श्रम सम्बन्धको विकास गर्न माग गरिएको छ ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) गण्डकी प्रदेश कमिटी अध्यक्ष रुद्रबहादुर खत्रीले कार्यथलोमा उत्पन्न हुने समस्यालाई समाधान गर्न हरेक स्थानीय तहमा श्रम डेस्क स्थापना गर्न आवश्यक रहेको बताए । उनले श्रम डेस्क निर्माण गर्न आवश्यक पर्ने नमुना कार्यविधिसमेत हस्तान्तरण गरिएको जानकारी दिए ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसी, मादी गाउँपालिका अध्यक्ष देवीजंग गुरुङ, माछापुच्छ्रे गाउँपालिका उपाध्यक्ष सीता अधिकारी र रुपा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष ढुंगानाले श्रम डेस्क स्थापना गर्न पहल गर्ने आश्वासन दिएका छन् ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया