कन्या क्याम्पसलाई एनएमबीको साथ

पोखरा ।
कन्या क्याम्पस पोखरालाई एनएमबी बैंकको सहयोगमा २ थान सेनेटरी प्याड भेन्डिङ मेसिन हस्तान्तरण गरिएको छ ।
कन्या क्याम्पस पोखराका व्यवस्थापन समिति अध्यक्ष योगेन्द्र प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै मेसिनहरु दिएको हो ।
बैंकका गण्डकी प्रदेश प्रमुख दुर्गाराम पुरीले मेसिन हस्तान्तरण गर्दै क्याम्पस र बैंकबीचको आत्मीय सम्बन्ध अझ प्रगाढ बनाउनुपर्ने बताए ।
क्याम्पस प्रमुख सुरेशकुमार मानन्धरले गुणस्तर सुनिश्चितता प्रत्यायन प्रमाणपत्र प्राप्त यस क्याम्पसले छात्रालाई निःशुल्क सेनिटरी प्याड उपलब्ध गराउँदै आएको जनाए ।
मेसिन प्राप्त भएपछि क्याम्पसमा अध्ययनरत सम्पूर्ण छात्रालाई प्याडको उपलब्धताका लागि अझ सहज भएको उनले बताए ।
कार्यक्रमा एनएमबी बैंकका वरिष्ठ क्षेत्रीय व्यवस्थापक दिभिरबिक्रम शाह, महेन्द्रपुल शाखा प्रमुख सुदीप पौडेल, प्राध्यापक संघका सभापति डा भूमिराज बस्ताकोटी, छात्रा कल्याण समिति संयोजक ममता शाह, सहायक क्याम्पस प्रमुख चित्रबहादुर श्रेष्ठ लगायतले बोलेका थिए ।
कक्षा ११ देखि स्नातकोत्तरसम्मको पढाइ हुने यो क्याम्पसमा हाल ७ सय ६१ छात्रा अध्ययनरत छन् ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया