शितलादेवी विद्यालयमा १५ युनिट रगत संकलन

पोखरा ।
शितलादेवी सामुदायिक माध्यमिक विद्यालयमा ५८ औं वार्षिकउत्सव एवं अभिभावक दिवसकाे पूर्वसन्ध्यामा भएको रक्तदानमा १५ युनिट रगत संकलन भएको छ । सरस्वती पूजाको अवसरमा बिहीबार रक्तदान, शैक्षिक प्रदर्शनी तथा अक्षराम्भ कार्यक्रम भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा १२ का अध्यक्ष सन्तोष बाँस्तोलाले रेडक्रसकाे महाेत्वका बारेमा बाेलेका थिए । प्राचार्य टीकाराम कोइराला, विद्यालय व्यवस्थापन समिति अध्यक्ष टीकाबहादुर कार्कीले शुभकामना मन्तव्य राखेका थिए ।
रक्तसञ्चार कार्यालय पोखराकाे प्राविधिक सहयाेगमा जुनियर तथा युवा रेडक्रस सर्कल विद्यालयकाे आयाेजनामा कार्यक्रम भएकाे हाे ।
रक्तसञ्चार कार्यालय पोखराका प्रमुख अर्जुन ज्ञवाली, विज्ञान संकाय संयोजक दुर्गाप्रसाद सुवेदी, व्यवस्थापन संकायका संयोजक आशीष थापा, शिक्षक विष्णुकमार श्रेष्ठ लगायत शिक्षक, अभिभावक र विद्यार्थीकाे उपस्थिति थियाे ।
जुनियर युवा रेडक्रस समिति विद्यालयका अध्यक्ष निरज अधिकारीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा सचिव रीया त्रिपाठीले रेडक्रसकाे सात सिद्धान्त वाचन गरेकी थिइन् । प्रधानाध्यापक बाबुराम अधिकारीले स्वागत मन्तव्य राखेका थिए, शिक्षक नायक रामचन्द्र अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया