प्रतिभा माविमा सरस्वती पूजा

समाधान संवाददाता २०७९ माघ १२ गते १७:१६

पोखरा ।
प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी पर्व विहीबार देशभर मनाइएको छ । यहाँको पालिखेचोकस्थित प्रतिभा माविमा पनि बिहीबार पूजा–आराधना गरी भव्य रुपमा श्रीपञ्चमी पर्व मनाइएको छ ।

प्रतिभाका प्राचार्य किरण सापकोटाका अनुसार विद्यालयमा बिहानदेखि पूजा–आराधना गरिएको छ ।सरस्वतीको स्वरुपमा सजिएर विद्यार्थीले विद्यालयमा पूजाआजा गरेका थिए । विद्यार्थी्सहित विद्यालयका शिक्षक अभिभावक पनि पूजामा सहभागी बने ।

विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी विद्यार्थीले आआफ्ना कला साधनाका वस्तु कपीकलम, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रुपमा पूजा गर्ने चलन छ ।

Advertisement

यो दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास रहेकाले अभिभावकले विद्यालय जान सक्ने उमेरका बालबालिकालाई शिक्षण संस्थामा लगेर अक्षरारम्भ गराउँछन् ।

विद्यार्थीलाई विद्यारम्भ गराउनेबाहेक यस दिन बालबालिकाको नाक, कान छेड्न पनि शुभ मानिन्छ । सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ यो दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ ।

Advertisement

तपाईको प्रतिक्रिया