ब्याजदर घटाउन पोखरा चेम्बरकाे माग

समाधान संवाददाता २०७९ माघ १३ गते ११:३९

पोखरा ।
पोखरा चेम्बर अफ कमर्स कास्कीले गण्डकी प्रदेशका मन्त्रालय तथा मातहतका विभाग एवं कार्यालयबाट दिने सेवा प्रवाहलाई सहजता दिन माग गरेको छ ।

चेम्बरले मुख्यमन्त्री खगराज अधिकारी, आर्थिक मामिला मन्त्री सिता सुन्दास, भौतिक पूर्वाधार विकास मन्त्री हरिबहादुर चुमानलाई भेटेर उद्योगी व्यवसायीलाई दिने सेवालाई छिटो र छरितो रुपमा सम्पादन गर्न माग गरेको अध्यक्ष यमनाथ पौडेलले जानकारी दिए ।

प्रदेश सरकारलाई बुझाएको ज्ञापनपत्रमा उद्योगी व्यवसायीले बुझाउनु पर्ने कर तथा शुल्क एकद्धार प्रणालीबाट बुझाउने व्यवस्था गर्न माग गरिएको छ ।

Advertisement

‘बैंक तथा वित्तिय संस्थाले बढाएका व्याजदर घटाउनको लागि पहल गर्न आग्रह गर्दछौं,‘ज्ञापनपत्रमा भनिएको छ, ‘उद्योग व्यवसाय क्षेत्रमा करको दर नभएर दायरा बढाउन अनुरोध गर्दछौं ।’

ज्ञापनपत्रमा उद्योग तथा व्यवसायिक प्रतिष्ठानहरुको घरवहाल वैज्ञानिक रुपमा बृद्धि गर्न तथा घरवहाल सम्झौतालाई अनिवार्य गर्न माग गरेको अध्यक्ष पौडेलले बताए ।

Advertisement

चेम्बरको ज्ञापनपत्रमा नयाँ व्यवसाय दर्ता तथा व्यवसाय चलाउने नसकेर खारेजी गर्न परेको अवस्थामा प्रक्रिया अत्यन्तै झंझटिलो भएकोले सरलीकृत गर्ने व्यवस्था गर्न माग गरिएको छ ।

पर्यटकीय राजधानी पोखराको आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनको लागि विशेष पहल गर्न माग गर्दै ज्ञापनपत्रमा गण्डकी प्रदेशमा औषधी व्यवस्था विभाग र कम्पनी रजिष्टारको कार्यालय स्थापनामा पहल गर्न आग्रह गरिएको छ ।

अध्यक्ष पौडेलले गण्डकी प्रदेशको विभिन्न उपसमितिहरुमा चेम्बरको प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेको जानकारी दिए । उनले चेम्बरको बहुउद्देश्यीय भवन निर्माणमा आवश्यक सहयोग गर्न समेत आग्रह गरेको बताए ।

मुख्यमन्त्री अधिकारीले लगानीमैत्री वातावरण बनाउन तथा उद्योग व्यवसायको प्रवद्र्धनमा ध्यान दिने बताए । उनले उद्योगी व्यवसायीको सवाललाई सम्बोधन गर्न ध्यान दिने उल्लेख गरे ।

तपाईको प्रतिक्रिया