बुढीबजारमा साथीको क्याफे सञ्चालन

समाधान संवाददाता २०७९ माघ १३ गते १२:४०

लेखनाथ ।
पोखरा २६ को बुढीबजारमा साथीको क्याफे सञ्चालनमा आएको छ । केही समय जागिर गरेपछिस्वदेशमा नै केही गर्नु पर्छ भन्ने मनाशायले ३८ वर्षीय दीपक ढुंगानाले क्याफे खोलेका हुन् ।

करिब ५० लाखको लागतमा तयार पारिएको क्याफे बिहीबार लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले सुरुआत गरे ।

उनले रोजगारीका लागि विदेशी भूमी नभनी स्वदेशमा नै केही गर्छौ भन्ने युवालाई संघको तर्फबाट व्यावसायिक परामर्शदेखि तालिमको व्यवस्था गर्न सकिने जनाए ।

Advertisement

व्यवस्थित तरिकाले खाजाका परिकार उपलब्ध गराउने क्याफेमा अर्गानिक कफी, गुणस्तरीय केक, फास्ट फुड लगायत उपलब्ध हुने र ती समाग्री होम डेलिभरीसमेत गरिने ढुंगानाले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया