मदरल्यान्ड माविमा अक्षरारम्भ
समाधान संवाददाता
२०७९ माघ १३ गते १२:४२
पोखरा ।
शैक्षिक क्षेत्रमा फरक पहिचान बनाएको पोखराको मदरल्यान्ड माध्यमिक विद्यालयमा श्रीपञ्चमीको अवसर पारेर सरस्वती पूजा तथा अक्षरारम्भ कार्यक्रम भएको छ ।
विद्यालयमा प्रतिस्थापित सरस्वतीको मन्दिरमा कक्षा ४ मा अध्ययनरत विद्यार्थीद्वारा सामूहिक रूपमा सरस्वती वन्दना वाचनसहित विशेष पूजापाठ र आराधना गरिएको हो ।
विद्यालयका १० जोड २ व्यवस्थापन समूहका संयोजक ईन्द्रप्रसाद पौडेल र शिक्षक आनन्द शर्माले पूजा आराधानामा सहजीकरण गरेका थिए ।
छात्र विशेष बराल र छात्रा स्वस्तिका बुढाथोकीले कर्ताको भूमिका निर्वाह गरेका थिए ।
विद्यार्थीले पढ्नुभन्दा अघि, संगित साधकले वाद्यवादन बजाउनुअघि र शिल्पकारले कलाकौशल निर्माण गर्नुभन्दा पहिले सरस्वतीको प्रार्थना र वन्दना गर्दछन् ।
सम्बन्धित








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया