वड्स एकेडेमीमा सरस्वती पूजा
समाधान संवाददाता
२०७९ माघ १३ गते १३:१३

पोखरा ।
पोखरा ६ डिहीकोपाटनमा रहेको वड्स एकेडेमीमा बिहीबार पूजा–आराधना गरी भव्य रुपमा श्रीपञ्चमी मनाइएको छ ।
प्राचार्य प्रकाशराज वाग्लेका अनुसार विद्यालयमा बिहीबार बिहानदेखि पूजा–आराधना गरिएको छ । देवी सरस्वतीको स्वरुपमा सजिएर विद्यार्थीले विद्यालयमा पूजाआजा गरेका थिए ।
विद्यार्थीसहित विद्यालयका शिक्षक, अभिभावक पनि पूजामा सहभागी भएका थिए ।
यो दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास रहेकाले अभिभावकले विद्यालय जान सक्ने उमेरका बालबालिकालाई शिक्षण संस्थामा लगेर अक्षरारम्भ गराएको वाग्ले बताउँछन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया