‘भारतीय र नेपाली सेनाको योगदान कोशेढुंगा’

पोखरा ।
भारतीय गणतन्त्र दिवस पोखरामा मनाइएको छ । भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय रामबजारमा बिहीबार नव आगन्तुक प्रमुख ले.क.प्रशान्तसिंह बघेलले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेर गणतन्त्र दिवस मनाइएको हो ।
कार्यक्रममा नेपाली सेनाका पश्चिम पृतनापति उपरथि दिपककुमार बाँनियाले भारतीय सेनाको त्याग र योगदानको स्मरण गरे । उनले नेपाली सेना र भारतीय सेनाको बेला बेलामा संयुक्त अभ्यासको नाममा गरिने सहकार्य एकले अर्कालाई चिन्न चिनाउन कोशेढुंगा भएको स्मरण गरे ।
कार्यक्रममा भारतीय सेनामा वीरगती प्राप्त गरेकाका सन्तानलाई नगद प्रदान गरिएको थियो । सुमित कार्कीलाई ६६ हजार ६ सय ६६, योगेन्द्र थापालाई १ लाख ९४ हजार ५ सय ८८, मीनु थापालाई ३ लाख ३० हजार ९ सय ३९, शिरमाया गुरुङलाई २ लाख ९१ हजार एक सय, संजय गुरुङलाई ५५ हजार ६१९, समिर/अर्चना श्रेष्ठलाई ७ हजार ४ सय ४०, मानबहादुर थापालाई २ लाख ७० हजार ९८ र सगुन तिलिजा पुनलाई २ लाख ८९ हजार २ सय ७३ रुपैयाँ पैसा सहयोग गरिएको हो ।
कार्यक्रममा पेन्सन क्याम्प पोखराका कर्मचारी इश्वर पुनलाई ‘बेस्ट इम्प्लोयी अफ दि इयर’ बाट पुरस्कृत गरिएको थियो । भूतपूर्व सैनिकका लागि भारत सरकारको कल्याणकारी पहल समावेश गरिएको भूपू–२०२२ पत्रिका लोकार्पण गरिएको थियो । भारतीय मैत्री विद्यालय पोखराका विद्यार्थीले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
तपाईको प्रतिक्रिया