अन्तर्राष्ट्रिय टेनिस प्रतियोगिता माघ १६ देखि

राष्ट्रिय समाचार समिति (रासस) २०७९ माघ १३ गते १६:४३

काठमाडौं ।
नेपाल टेनिस संघको आयोजनामा जे ६० काठमाडौँ आइटीएफ जुनियर टेनिस च्याम्पियनसिपअन्तर्गत सर्किट–१ प्रतियोगिता माघ १६ गतेदेखि हुने भएको छ ।

यु-१८ उमेरसमूहको प्रतियोगितामा ब्वाइजतर्फ आठ तथा गर्ल्सतर्फ सात राष्ट्रको सहभागिता रहने संघका सदस्य तथा प्रतियोगिता निर्देशक अजय विष्टले जानकारी दिए ।

ब्वाइज र गर्ल्स दुवैमा समान ६४-६४ खेलाडी रहेकाले दुवै समूहमा समान ३२-३२ खेलाडीको ‘मेन ड्र’ का लागि शनिबार र आइतबार छनोट खेल खेलाइने छ ।

Advertisement

ब्वाइजतर्फकाे छनाेट खेलमा नेपालबाट नौ, भियतनाम, चाइनिज ताइपेइ, चीन र दक्षिण कोरियाबाट समान तीन–तीन, अमेरिका र हङकङबाट समान दुई/दुई तथा भारतबाट ३९ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

गर्ल्समा नेपालबाट नौ, हङकङ, बेल्जियम, रुस र थाइल्यान्डबाट एक–एक, मंगाेलियाबाट दुई र भारतबाट ४९ खेलाडी सहभागी हुने छन् ।

Advertisement

प्रतियोगिताको खेल सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुनेछ । प्रतियोगिता सञ्चालन गर्न करिब रु १२ लाख खर्च हुने आयोजकले जनाएको छ ।

राष्ट्रिय समाचार समिति (रासस)

रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो । 

तपाईको प्रतिक्रिया