पोखरा १२ मा महिलाहरुको पाठेघर र स्तन क्यान्सरको परीक्षण

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्वर १२ र नेपाल नर्सिङ संघ कास्कीको संयुक्त आयोजनामा महिलाको पाठेघर ‘र स्तन क्यान्सरको परीक्षण गरिएको छ । शनिवार वडा कार्यालयले एक दिने स्वास्थ्य शिविर र सचेतना कार्यक्रम सञ्चालन गरेको हो । शिविरमा ३० वर्षभन्दा माथिका महिलाहरुले स्वास्थ्य परीक्षण गराएका थिए ।
वडा कार्यालय परिसरमा शिविर सञ्चालन गरिएको वडाध्यक्ष सन्तोष वास्तोलाले बताए । ‘घरदैलोमै स्वास्थ्य सेवा दिने उदेस्यले शिविर सञ्चालन गरिएको हो । पछिल्लो समय महिलाहरुले परीक्षण गर्न लाज मान्ने तथा रोग लुकाएर बस्ने पनि पाइएको छ । त्यस्ता महिलाहरुका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले पाठेघर र स्तन क्यान्सरको परीक्षण वडामै मिलाएका हौ,’ उनले भने ।
शिविरले स्थानीय लाभान्वित भएका छन् । एक दिने शिविरमा प्रोजेक्टरमार्फत पूजा भण्डारीले सचेतना कार्यक्रमको प्रस्तुति गरेकी थिइन् । स्थानीयको सहजताका लागि वडामै गरिएको स्वास्थ्य शिविरले स्थानीय लाभान्वित भएको नेपाल नर्सिङ संघ कास्कीका अध्यक्ष मुना सिलवालले बताइन् ।
पछिल्लो समय महिलाहरु उपचार गराउन लाज मान्ने, डराउने भएकाले पनि पाठेघरको समस्या बढ्दै गएको हो । महिलाहरुको रोगको उपचारका लागि वडा कार्यालयले शिविर सञ्चालन गरेर परीक्षणमा सघाउ पुगेको कार्यक्रम सञ्चालिका मीनु श्रेष्ठले बताइन् । शिविरमा शहरी स्वास्थ्य केन्द्रका कर्मचारीहरुले सहजीकरण गरेका थिए । यस्ता खालका शिविरहरु समयसमयमा सञ्चालन गर्न सके न्यूनीकरणमा सहयोग पुग्ने वडाध्यक्ष बास्तोलाले बताए ।









‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया