पोखरा १२ मा महिलाहरुको पाठेघर र स्तन क्यान्सरको परीक्षण

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्वर १२ र नेपाल नर्सिङ संघ कास्कीको संयुक्त आयोजनामा महिलाको पाठेघर ‘र स्तन क्यान्सरको परीक्षण गरिएको छ । शनिवार वडा कार्यालयले एक दिने स्वास्थ्य शिविर र सचेतना कार्यक्रम सञ्चालन गरेको हो । शिविरमा ३० वर्षभन्दा माथिका महिलाहरुले स्वास्थ्य परीक्षण गराएका थिए ।
वडा कार्यालय परिसरमा शिविर सञ्चालन गरिएको वडाध्यक्ष सन्तोष वास्तोलाले बताए । ‘घरदैलोमै स्वास्थ्य सेवा दिने उदेस्यले शिविर सञ्चालन गरिएको हो । पछिल्लो समय महिलाहरुले परीक्षण गर्न लाज मान्ने तथा रोग लुकाएर बस्ने पनि पाइएको छ । त्यस्ता महिलाहरुका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले पाठेघर र स्तन क्यान्सरको परीक्षण वडामै मिलाएका हौ,’ उनले भने ।
शिविरले स्थानीय लाभान्वित भएका छन् । एक दिने शिविरमा प्रोजेक्टरमार्फत पूजा भण्डारीले सचेतना कार्यक्रमको प्रस्तुति गरेकी थिइन् । स्थानीयको सहजताका लागि वडामै गरिएको स्वास्थ्य शिविरले स्थानीय लाभान्वित भएको नेपाल नर्सिङ संघ कास्कीका अध्यक्ष मुना सिलवालले बताइन् ।
पछिल्लो समय महिलाहरु उपचार गराउन लाज मान्ने, डराउने भएकाले पनि पाठेघरको समस्या बढ्दै गएको हो । महिलाहरुको रोगको उपचारका लागि वडा कार्यालयले शिविर सञ्चालन गरेर परीक्षणमा सघाउ पुगेको कार्यक्रम सञ्चालिका मीनु श्रेष्ठले बताइन् । शिविरमा शहरी स्वास्थ्य केन्द्रका कर्मचारीहरुले सहजीकरण गरेका थिए । यस्ता खालका शिविरहरु समयसमयमा सञ्चालन गर्न सके न्यूनीकरणमा सहयोग पुग्ने वडाध्यक्ष बास्तोलाले बताए ।









ट्रेल रनिङ प्रतियोगितामा पुरुषतर्फ नेपाल र महिलातर्फ अमेरिकालाई उपाधि
एनप्याब्सन क्रिकेटमा ५ खेल
ददिको ज्ञानिकामाथि पोखरामा विमर्श
लामिनारद्वारा ‘मेरो सपनाको घर’ अभियान
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया