६ महिनामा १७ सय विद्युतीय कार भित्रिए

समाधान संवाददाता २०७९ माघ १५ गते १०:४६

काठमाडौं ।
यो आर्थिक वर्षको ६ महिनामा नेपालमा साढे १७ सय वटा विद्युतीय सवारी आयात भएका छन् । भन्सार विभागका अनुसार साउनदेखि पुससम्मको अवधिमा १७ सय ४१ विद्युतीय कार आयात भएका हुन् ।

Advertisement

यस अवधिमा १ सय किलोवाटसम्मको इञ्जिन भएको विद्युतीय कार सबैभन्दा धेरै भित्रिएका छन् । पुससम्ममा १७ सय वटा १ सुय किलोवाट क्षमताका विद्युतीय कार भित्रिएका छन् । २ सय किलोवाटसम्मका ३५ वटा विद्युतीय कार आयात हुँदा ३ सय किलोवाटसम्मका ५ वटा विद्युतीय सवारी आयात भएका छन् ।

१०० किलोवाटसम्मका विद्युतीय कार आयात गर्दा ४ अर्ब ७३ करोड ७८ लाख रुपैयाँ बाहिरिएको छ २०० किलोवाटसम्मका विद्युतीय कार आयात गर्दा १५ करोड ६१ लाख रुपैयाँ र ३०० किलोवाटसम्मका विद्युतीय सवारी आयात गर्दा ३ करोड ५१ लाख रुपैयाँ बाहिरिएको छ ।

गत महिनासम्म नेपालमा १०० किलोवाट क्षमताका १३ सय २० वटा विद्युतीय कार आयात भएका थिए । नेपालले विश्वका ५ वटा मुलुकबाट विद्युतीय कार आयात गर्दै आएको छ । चीन, भारत, इन्डोनेसिया, कोरिया र अमेरिकाबाट विद्युतीय कार भित्रिएका छन् । सबैभन्दा धेरै चीन र भारतबाटै विद्युतीय कार भित्रिएका छन् ।

भारतबाट सबैभन्दा धेरै ३ अर्ब ४६ करोड ८३ लाख रुपैयाँको विद्युतीय कार भित्रिएका छन् । भारतमा टाटाले उत्पादन गर्ने विद्युतीय कार नेक्सनले बजार लिइरहँदा नेपालमा समेत यो मोडलले राम्रो बजार लिइरहेको छ । यही कारण, नेपालमा भारतबाट टाटाको नेक्सन कार भित्रिँदा सबैभन्दा धेरै विद्युतीय कार भारतबाटै आयात भएको देखिएको हो ।

Advertisement

भारतपछि चीनबाट ६० करोड रुपैयाँ बराबरको विद्युतीय कार भित्रिएको छ । यस्तै, कोरियाबाट ८५ करोड रुपैयाँको विद्युतीय कार भित्रिएको छ भने अमेरिकाबाट २ करोड रुपैयाँ बराबरका कार भित्रिएका छन् ।

तपाईको प्रतिक्रिया