चेतनशील क्लबमा नयाँ नेतृत्व

समाधान संवाददाता २०७९ माघ १५ गते १२:३४

लेखनाथ ।
युवालाई सामाजिक क्षेत्रमा समाहित गराउँदै नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको पोखरा ३० को चेतनशील आदर्श युवा क्लबमा नयाँ नेतृत्व चयन भएको छ । क्लबको शनिबार भएको १३ औं वार्षिक साधारण सभा तथा छौटौं अधिवेशनले सवेन्द्र न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

नवगठित समितिको प्रथम उपाध्यक्षमा विशाल गुरुङ, द्वितीय उपाध्यक्षमा जीवन ढकाल, सचिव विक्की गुरुङ, सहसचिव रामचन्द्र चापागाई र कोषाध्यक्षमा पुकार ताम्राकार छन् । सदस्यमा अनोज गुरुङ, सुरज तिमिल्सेना र सर्वेज्ञ अधिकारी छन् ।

कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष सोमलाल कँडेल, पोखरा ३० का वडा सदस्य विनोदप्रसाद लामिछाने, लेखनाथ उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष विनोद श्रेष्ठ, खेल संयोजक सुरजबहादुर तिमिल्सेना, पूर्व अध्यक्ष सुरज भट्टराई, ऋषिराम जमरकटेल लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया