पर्यटन व्यवसायी संगठन गण्डकीमा चिरञ्जीवी

समाधान संवाददाता २०७९ माघ १५ गते १२:४७

पोखरा ।
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन गण्डकी प्रदेशको अध्यक्षमा चिरञ्जीवी पोखरेल निर्वाचित भएका छन् । संगठनको शनिबार भएको तेस्रो अधिवेशनले २१ सदस्यीय कमिटी गठन गरेको हो । जसमा ३ उपाध्यक्ष, सचिव, ३ जना सहसचिव र १ जना कोषाध्यक्ष छन् ।

Advertisement

उपाध्यक्षमा वसन्तराज दवाडी, रामचन्द्र शर्मा र जमुना पराजुली चयन भएका छन् । सचिवमा मिलन तिवारी, सहसचिवमा प्रशान्त आचार्य, विश्वराज पोखरेल र फरेन्द्र थापामगर, कोषाध्यक्ष सुशीला सिग्देल निर्वाचित भएका छन् ।

सदस्यमा कान्छी गुरुङ, फूलमती थापा, रनदेवी गुरुङ, छेवाङरिन्जिन गुरुङ, सुशीला भण्डारी, विश्वराज अधिकारी, कविता गुरुङ, लक्ष्मी लामिछाने र प्रमिला गौतम छन् । नवगठित कमिटीले ५ बँुदे पोखरा घोषणापत्र जारी गरेको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको प्रमुख आतिथ्यतामा संगठनको अधिवेशन उदघाटन भएको थियो । त्यस अवसरमा पर्यटन व्यवसायीले माघ १ गते पोखरामा भएको जहाज दुर्घटनाबारे भारतीय मिडियामा निकै नकारात्मक समाचार आएको टिप्पणी गरे । सोही कारण भारतीय पर्यटक पोखरामा कम भईसकेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया