रेन्बो माध्यमिक विद्यालयको रजत जयन्ती
पोखरा ।
रेन्बो एकेडेमिक होम्स् माविले आफ्नो रजत जयन्ती समारोह, अभिभावक दिवस, पुरस्कार वितरण विभिन्न कार्यक्रमसहित मनाएको छ ।
कार्यक्रममा पोखरा महानगरका मेयर धनराज आचार्यले संस्थागत विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्न सफल भएको भन्दै पोखरा महानगरभित्र रहेका विद्यालयमा एकरुपता ल्याउने महानगरको आगामी कार्यक्रम रहेको बताए ।
विद्यालयका प्राचार्य बाबुराम बरालले विद्यार्थीको पठनपाठन साथसाथै उनीहरुमा रहेको अतिरिक्त क्षमतालाई समेत बाहिर ल्याउन विद्यालयले भूमिका खेलेको जनाए ।
कार्यक्रममा जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख नारायणप्रसाद सुवेदी, प्याब्सन कास्की अध्यक्ष मथुराप्रसाद पौडेल, विद्यालय व्यवस्थापन समिति सदस्य धनराज पुरी, पोखरा महानगरपालिका १५ का वडाध्यक्ष तोरणबहादुर बाँनिया लगायतले बोलेका थिए ।
प्रिन्सिपल होमविक्रम मल्लका बुवाआमाको नाममा स्थापित रजत जयन्ती अवार्डबाट सोनिया गुरुङ, शुष्मा आचार्य र सपमिन गुरुङ सम्मानित भए । रेन्बो एवार्ड विद्यार्थी गोकुल श्रेष्ठ र स्टुडेन्ट अफ दी इयरबाट शुभेच्छा शाही, सविन गुरुङ स्मृति छात्रवृत्ति सुशान राना र युनिशा परियारलाई प्रदान गरिएको छ ।
विद्यालयमा कार्यरत शिक्षकहरु ठाकुरसिंह थापा, सञ्जीव कुँवर, सिर्जना थापा, कर्मचारीतर्फ विष्णु अधिकारी र तीर्था भुजेललाई पनि सम्मान गरिएको छ ।
शैक्षिक सत्र २०७६ देखि २०७९ सम्मका शैक्षिक पुरस्कार, खेलकुद पुरस्कार, रचनात्मक क्रियाकलाप लगायतका पुरस्कारसमेत वितरण गरिएका कार्यक्रम संयोजक एवं विद्यालयका सहप्राचार्य खेमनारायण ढकालले बताए ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुशीलराज पराजुलीको अध्यक्षता कार्यक्रम भएको थियो ।
तपाईको प्रतिक्रिया