शिव मन्दिरको गुरुयोजना बनाइने
पोखरा ।
शिव मन्दिर कैलाश धामको गुरुयोजना निर्माण गरिने भएको छ । शनिबार मन्दिर परिसरमा धर्मराज बरालको विशेष उपस्थितिमा भएको भेलाले कैलाश धामलाई सजीवता प्रदान गर्दै शिवमणि वनलाई तपोभूमिमा परिणत गर्न गुरुयोजना निर्माण गर्ने निर्णय गरेको हो ।
बरालले मन्दि र विधिवत रूपमा दर्ता भइसकेको उल्लेख गर्दै कैलाशधाम शिवमणि धार्मिक सेवा समितिको मातहतमा गुरुयोजना तयार गर्ने उपसमिति गठन गर्ने निर्णय पारित भएको बताए । आगामी फागुन ६ गते विविध कार्यक्रम गरी महाशिव रात्री उत्सव मनाउन र आर्थिक स्रोत जुटाई भावी योजना तर्जुमा गरिने भएको छ ।
यसका लागि ७६ हजार ५ सय ५५ रुपैयाँ संकलन भएको छ । धर्मराज बराल, नारायण पहारी, डिल्लीराम कोइराला, दीपेन्द्र कार्की, गिरिराज अधिकारी र विष्णुबहादुर जिसीले समान ११ हजार प्रदान गरेका छन् । यस्तै ज्ञानेन्द्र लामिछानेले ५ हजार ५ सय ५५ र तुलसीप्रसाद गौतमले ५ हजार प्रदान गरेका छन् ।
तपाईको प्रतिक्रिया