गण्डकी प्रदेश सरकारको प्रवक्तामा कानुनमन्त्री गाहा
समाधान संवाददाता
२०७९ माघ १५ गते १५:२१

पोखरा ।
गण्डकी प्रदेश सरकारको प्रवक्ताको जिम्मा आन्तरिक मामिला तथा कानुनमन्त्री रोशनबहादुर गाहा मगरले पाएका छन् । माघ ११ गते बसेको मन्त्रिपरिषद बैठकमार्फत सञ्चारमन्त्री समेत रहेका रोशनलाई प्रवक्ता बनाउने निर्णय गरेका हुन् ।
यसअघि सरकारका प्रवक्ता आर्थिक मालिमा मन्त्री सीताकुमारी सुन्दास थिइन् । उनलाई मुख्यमन्त्री खगराज अधिकारीले आफु नियुक्त भएकै दिन माघ २५ गते प्रवक्ता तोकेका थिए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया