मदरल्यान्डमा सांस्कृतिक कार्यक्रम

समाधान संवाददाता २०७९ माघ १५ गते १६:१८

पोखरा ।
शैक्षिक क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान बनाएको पोखराको मदरल्यान्ड माध्यमिक विद्यालयले आयोजना गरेको त्रिदिवसीय सांस्कृतिक कार्यक्रम आइतबार सकिएको छ ।

Advertisement

किताबको सैद्धान्तिक ज्ञानलाई व्यवहारसँग जोड्ने उद्देश्यका साथ आयोजित यस कार्यक्रमको उद्घाटन सत्रमा नर्सरीदेखि कक्षा ३ सम्मका प्रस्तुति राखिएका थिए ।

कार्यक्रममा शिक्षक तथा अभिभावकको सामान्य सहयोगमा विद्यार्थी आफैंले तयार गरेका विभिन्न जातजातिका संस्कृति तथा भेषभूषा झल्कने एवं जीवनोपयोगी सन्देश दिने गीत, नाटक, भजन, कविता, नृत्य तथा प्रहसन प्रस्तुत गरिएका थिए ।

कार्यक्रममा करिब १ हजार २ सय विद्यार्थीले सहभागी भएर आफ्नो प्रतिभा देखाएको विद्यालयका सञ्चार प्रमुख होमनाथ भट्टराईले जानकारी दिए ।

विद्यालयका निर्देशक त्रिभुवन शर्माले स्कुललाई यहाँसम्म ल्याउनका लागि प्रयत्नरत सम्पूर्ण अभिभावक, शिक्षक, कर्मचारी तथा शुभचिन्तकलाई धन्यवाद दिए । विश्वव्यापी प्रतिस्पर्धामा मदरल्यान्डका विद्यार्थीले सजिलै प्रतिस्पर्धा गर्न सकेको उनले सुनाए ।

Advertisement

सोही कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई कास्कीका कार्यालय प्रमुख नारायणप्रसाद सुवेदी, राष्ट्रिय परीक्षा बोर्ड पोखराका कार्यालय प्रमुख लक्षमण देवकोटा, विद्यालयका संस्थापक प्राचार्य नारायण बराल, समाजसेवी तेजनारायण अधिकारी, वडा नं. ७ का वडाध्यक्ष राममोहन आचार्य, काइन्डनेस अभियानकी संस्थापक दुर्गामाया एन्डर्सनलगायतले बोलेका थिए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेमनारायण पोखरेलको अध्यक्षतामा भएको कार्यक्रम प्रावि इन्चार्ज केशु शर्माको साथमा कक्षा ९ देखि १२ सम्मका विद्यार्थीले सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया