रगतको विकल्प रगतः ढकाल

समाधान संवाददाता २०७९ माघ १६ गते १०:४६

पोखरा ।
पोखरा इलेक्ट्रोनिक्स व्यवसायी संघ कास्कीको २२ औं स्थापना दिवसको अवसरमा आइतबार भएको रक्तदानमा २९ युनिट रगत संकलन भएको छ ।

पोखरा इलेक्ट्रोनिक्स व्यवसायी संघ कास्की, नेपाल मोबाइल वितरक संघ गण्डकी र नेपाल मोबाइल व्यवसायी महासंघ गण्डकीको आयोजनामा कार्यक्रम भएको हो ।

कार्यक्रमममा नेपाल रेडक्रस सोसाइटी गण्डकी अध्यक्ष सूर्यप्रसाद ढकालले विज्ञानले धेरै प्रगति गरिसक्दा पनि रगतको विकल्प रगत नै भएको बताए ।

Advertisement

उनले नेपालमा स्वयंसेवी रक्तदाताको रगतबाट रगत आपूर्ति भइरहेको जनाउँदै बर्सेनि रगतको माग बढिरहेको सुनाए ।

नेपाल घरभाडा सरोकार समिति कास्की अध्यक्ष कमलप्रसाद न्यौपानेले पेशागत, सामाजिक संघ, संस्थाहरुले सामाजिक उत्तरदायित्व वहन गर्दै समाजका लागि योगदान गरिरहेको बताए ।

Advertisement

पोखरा इलेक्ट्रोनिक्स व्यवसायी संघ कास्की अध्यक्ष नारायण सुवेदीले व्यवसायीले यही समाजमा व्यवसाय गरी आयआर्जन गर्ने भएकाले त्यसको मुनाफा र सामाजिक उत्तरदायित्वसमेत निर्वाह गर्दै आएको बताए । कार्यक्रममा संघका सचिव चिन्तामणि खरेलले पनि बोलेका थिए ।

तपाईको प्रतिक्रिया