प्रेस सेन्टरको स्थापना दिवसमा प्रभातफेरी

समाधान संवाददाता २०७९ माघ १६ गते ११:४२

पोखरा ।
प्रेस सेन्टर नेपालको स्थापना दिवसका अवसरमा आइतबार पोखरामा प्रभातफेरी निकालिएको छ । प्रेस सेन्टर गण्डकी प्रदेश समिति, कास्की जिल्ला समिति र पोखरा महानगरको संयुक्त आयोजनामा पोखराको सिर्जनाचोकदेखि सहिदपार्कसम्म प्रभातफेरी र कोणसभा गरिएको हो ।

Advertisement

कोणसभामा गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवथामन्त्री हरिबहादुर चुमानले प्रेस सेन्टरमा आवद्ध पत्रकारले अविचलित रूपमा श्रमजीवीको पक्षमा लागिरहनुपर्ने बताए ।

उनले मिसन पत्रकारिताबाट सुरु भएको प्रेस सेन्टरले छोटो समयमा जनपक्षीय पत्रकारितामा आफूलाई उभ्याएको बताउँदै समाजवादको यात्राअघि बढाउनसमेत सञ्चारको भूमिका रहने बताए । प्रदेश सरकार सञ्चार क्षेत्रसँग हातेमालो गरेर नै अघि बढ्ने मन्त्री चुमानको प्रतिवद्धता छ ।

प्रेस स्वतन्त्रता सेनानी कुशुमकेशव पराजुलीले क्रान्तिकारी पत्रकारले शोषित, पीडित जनताको मुद्दालाई सदैव प्रधानताका साथ अगाडि बढाउनुपर्ने बताए ।

कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव माधव पनेरु, पत्रकार महासंघ गण्डकी महासचिव गोविन्द सुवेदी, गण्डकी प्रदेश अध्यक्ष अर्जुन काफ्ले, कास्की शाखाका अध्यक्ष कृष्ण दवाडी, पोखरा महानगर कमिटीकअध्यक्ष शिवराज बस्ताकोटी लगायतले पछाडि पारिएका वर्ग र श्रमजीवी पत्रकारको मुद्दालाई प्रेस सेन्टरले सदैव प्रमुखताका साथ उठाउँदै आएको र यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

Advertisement

तपाईको प्रतिक्रिया