रेडक्रस विपदको साथीः शर्मा

समाधान संवाददाता २०७९ माघ १६ गते १२:२२

लेखनाथ ।
नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका सभापति दण्डराज शर्माले रेडक्रस आपतविपदको साथी भएको बताएका छन् ।

Advertisement

गत पुस ३० गते भएको कास्की शाखाको अधिवेशनबाट निर्वाचित टिमलाई नेरेसो राखी उपशाखाले आइतबार स्वागत, सम्मान गर्न आयोजना गरेको कार्यक्रममासभापति शर्माले कास्कीमा भएका ४८ उप शाखाले रेडक्रसको मूल्य र मान्यतालाई आत्मसाथ गर्दै काम गरिरहेको बताए ।

पोखरा २६ का वडाध्यक्ष नरेन्द्र थापाले स्थानीय तहको सरकारले गर्नुपर्ने काममा रेडक्रसले सहयोगीको भूमिका निभाएको जनाए ।

नेरेसो राखी उपशाखा सभापति शैलेन्द्रमोहन भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा कास्की शाखाका महिला उपसभापति उर्मिला खड्का, राखी उपशाखाका पूर्व सभापति मुरारी शर्मा, पूर्व सचिव एलपी ढुंगाना, संस्थाका सचिव महेन्द्र ढुंगाना र उपसभापति देवी ढुंगानाले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया