प्रहरीको हात भाँचिदिएको आरोपमा अटो व्यवसायी थापा पक्राउ
समाधान संवाददाता
२०७९ माघ १६ गते १६:५०

पोखरा ।
कास्की प्रहरीले प्रहरीको हात भाँचिदिएको आरोपमा एक अटो मोबाइल व्यवसायी पक्राउ गरेको छ । चेकिङमा रहेका प्रहरीलाई हात भाँचिदिएको (अभद्र व्यवहार गरेको) आरोपमा पश्चिमाञ्चल डिलर्स एसोसिएसनका सदस्य सौरभ थापालाई गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी सुवास तिमिल्सिनाले जानकारी दिए ।
पक्राउ परेका २५ वर्षीय थापा अटो मोबाइल्स एसोसिएसन अफ नेपाल नाडा अध्यक्ष ध्रुव थापाका छोरा हुन् । पोखरा रामबजारमा गत बिहीबार बिहान ३ बजे थापाले चलाएको गाडीको ठक्करबाट चेकिङमा बसेका प्रहरीको हात भाँचिएको आरोप छ ।
थापाले मदिरा सेवन गरेर गाडी चलाउँदा चेकिङमा बसेका प्रहरी हवल्दार चित्रबहादुर वलीको हात भाँचिदिएको बताइएको छ । थापालाई गत शुक्रबार पक्राउ गरि अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको डीएसपी तिमिल्सिनाले बताए ।
सम्बन्धित







लजी लन्ड्री लाउन्ज सञ्चालनमा
पोखरा सडक महोत्सवमा मिथिला संस्कृति झल्कने
एमाले नेता गौतमले उपमहासचिव पदको उम्मेदवारी फिर्ता गरे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया