मैमत्त सौरभका शृङ्खलावद्ध उपद्रव

समाधान संवाददाता २०७९ माघ १६ गते २२:४३

पोखरा ।

Advertisement

मादक पदार्थ सेवन (मापसे) गरी गाडी चलाउने र झै—भगडा गर्ने भनेर लेकसाइडतिर चिनिएका युवा व्यवसायी सौरभ थापाले प्रहरीलाई पनि पटकपटक अटेर गर्दै आएका थिए । पछिल्लोपटक भने गाडीले ठोकेर एकजना प्रहरीको हातै भाँचिदिए । अरु बेला पावर र पहुँचका आधारमा छुटकारा पाउँदै आएका उनी यसपालि भने पक्राउ परे । तर झिनो जरिवाना तिरेर उन्मुक्ति पाएका छन् ।


अटोमोबाइल व्यवसायी २५ वर्षे सौरभ थापा १२ गते बिहीबार राति पक्राउ परेका थिए । सोमबार उनी ४ हजार जरिवाना भोगेर छुटेका छन् । बिहीबार मापसे गरी गाडी हाँकिरहेका उनलाई पोखराको पेन्सन क्याम्प नजिक चेकिङ गरिरहेका प्रहरीले रोकेका थिए । तर उनले गाडी गुडाउँदै अगाडि बढाए । प्रहरीले अझै रोक्न खोज्दै थिए । गाडी ब्याक गरेर ढोका खोल्दै प्रहरी हवल्दार चित्रबहादुर वलीको हातमा चोट पु¥याए । त्यसपछि भने भने अति भयो भन्ठानेर उनलाई प्रहरीले पक्राउ ग¥यो । अभद्र व्यवहार सम्बन्धी मुद्दा चलायो ।


यसअघि पनि उनी कहिले लेकसाइडमा व्यवसायीहरुका गाडी ठोकिदिने, कहिले प्रहरीसँगै झगडा गर्ने र मलाई कसले के गर्न सक्छ ? भन्दै धम्क्याउँदै आएको भनेर लेकसाइडका व्यवसायीहरु बताउँछन् । नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा)का केन्द्रीय अध्यक्ष पोखरा ८ नयाँबजारका ध्रुव थापाका छोरा हुन् सौरभ । त्यतिमात्रै नभई ध्रुवका दाजु गण्डकी प्रदेशको कानुन मन्त्री छँदा सौरभले ठूलोबुवाको नामसमेत बदनाम गर्दै लेकसाइडतिरका व्यवसायीलाई दुख दिने गरेका थिए । सौरभ पनि पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनका मनोनित सदस्य हुन् । बुवाकै लगानीको अटो व्यवसाय सौरभले हेरिरहेका छन् ।


मैमत्त सौरभले शृखंलाबद्ध रुपमै उपद्रव मच्चाउँदै आएका हुन् । त्यसो त काठमाडौंको एलओडी क्लबमा समेत उनले झगडा गरेर कुटाइसमेत खाएका थिए । पुस २२ गते लेकसाइडको एक क्लबको पार्किङमा एउटा गाडीले लेकसाइडमा अर्को गाडीलाई ठोक्यो । ठक्कर दिने गाडी त्यहाँबाट भाग्यो । कास्की प्रहरीले खोजबिन गर्दापछि थाहा भयो, त्यो गाडी सौरभ थापाको थियो । त्यतिमात्र हैन, थापाले लेकसाइडका पर्यटन व्यवसायीलाई थर्काउने र गाडी जथाभावी पार्किङ गरेर दुख दिने एकजना पर्यटन व्यवसायीले बताए । ‘मेरो होटलको गेटभित्र आउनेजाने बाटै बन्द गरेर गाडी पार्किङ गरे, यहाँ पार्किङ नगर्नाेस् भन्यामात्रै थिएँ, चिन्याछ्स मलाई, भन्ने जवाफ पो आयो,’ ती पर्यटनकर्मीले भने, ‘लेकसाइड आउँदा मैलेमात्र हैन, धेरैले उहाँबाट दुख पाएका छन् । कसैलाई नटेर्ने । गाडी पार्किङ राम्रोसँग गर्नुस् भन्दा पनि थर्काउने र उल्टै हामीलाई दोष देखाउने त्यो भाइको स्वभाव हो ।’
क्लब र रेस्टुरेन्टहरुमा झगडा गर्ने, होहल्ला मच्चाउने आरोपमा सौरभलाई प्रहरीले यसअघि पनि पक्राउ नगरेको होइन, तर पावर र पहुँचको भरमा छुट्दै आएका थिए । त्यही कारण उनको मैमत्तपन बढेको थियो ।

Advertisement


पाँच दिनअघि भने चेकिङकै प्रहरी घाइते भएपछि सौरभ समातिएर हिरासत परेका हुन् । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी इन्स्पेक्टर सुवास तिमिल्सिनाका अनुसार सौरभलाई नियन्त्रण लिँदा गाडीको ढोकाले लागेर एकजना प्रहरीको हातको हडी भाँचिएको थियो ।


प्रहरीलाई अभ्रद व्यवहार गरेको कसूरमा जिल्ला सरकारी वकिल मार्पmत जिल्ला प्रशासन कार्यालयमा सौरभ विरुद्ध मुद्दा पुगेको थियो । कास्कीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) टेकबहादुर केसीको इजलासले सोमबार सौरभलाई ४ हजार जरिवाना तिराउने फैसला सुनाएको थियो । त्यसका अलावा सौरभले पीडित क्षतिपूर्ति कोषमा १ सय ६० रुपैयाँसमेत बुझाउनुप¥यो ।


सौरभलाई जरिवाना ४ हजार तोकिए पनि उनले राज्यकोषमा २८ रुपैयाँमात्रै दाखिला गरे । पीडित क्षतिपूर्ति कोषका लागि १ सय ६० रुपैयाँको रसिद जिल्ला प्रशासनमै काटे । ४ दिन हिरासतमै बसेको हुँदा दिनको ३ सयका दरले १२ सय रुपैयाँ कम गरी २८ सय रुपैयाँ बुझाएको जिल्ला प्रशासन कार्यालयको मुद्दा शाखाका शिव गौतमले जानकारी दिए । ‘क्षतिपूर्ति भराइ पाऊँ वा उपचार गराई पाऊँ भन्ने पीडितको त्यस्तो माग देखिएन,’ उनले भने । जिल्ला प्रशासनको पैmसलाको सोमबार संक्षिप्त पाठमात्रै आएको र पछि पूर्ण पाठ आउने जानकारी पनि गौतमले दिए ।


सौरभले हातमा चोट पु¥याएका प्रहरीलाई थामथुम पारेकैले उनको उपचार र क्षतिपूर्तिमागसहितको मुद्दा प्रशासन नपुगेको स्रोत बताउँछ । ‘अरु सर्वसाधारणले प्रहरीसँग जिज्ञासा राख्दामात्रै त अभद्र व्यवहार मुद्दा चल्छ, सौरभले त घाइते नै बनाउँदा पनि ४ हजारमा उन्मुक्ति कसरी पाए ?’ स्रोत सोध्छ । त्यसो त मादक पदार्थ सेवन गरी गाडी चलाउँदामात्रै पनि ट्राफिक प्रहरीले २ हजार रुपैयाँ जरिवाना लगायतको कारबाही गर्ने कानुनी व्यवस्था छ । तर सौरभ भने ४ दिन हिरासत बसी २८ सय नगद बुझाएपछि रिहा हुन पाएका छन् ।

गत साउनअगाडि १ हजार रुपैयाँ तिर्नुपर्नेमा यो संख्या घटाउनकै लागि २ हजार पु¥याइएको थियो । सामान्य क्षति नै पुगेको छ भने १ हजारदेखि ५ हजार रुपैयाँसम्म जरिवाना लिने सक्ने व्यवस्था रहेको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रकाश शाह बताउँछन् । पक्राउ नै गर्नुप¥यो र मुद्धा चलाउने घटनामा भने जिल्ला प्रहरी कार्यालयमार्फत अगाडि बढ्छ । प्रहरीले घटना, त्यसको प्रकृति र इन्टेन्सन हेरेर कसलाई कस्तो मुद्धाका रुपमा अगाडि बढाउने भन्ने निर्णय गर्छ । मुलुकी फौजदारी संहिताले अभद्र व्यवहारको कसूरमा एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरेको छ ।

तपाईको प्रतिक्रिया