२ सय लाइसेन्स निलम्बन गरिँदै

समाधान संवाददाता २०७९ माघ १७ गते १०:३७

पोखरा ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ५ पटकभन्दा बढी ट्राफिक नियम उल्लंघन गर्ने २ सय ५९ जना चालकको सवारी चालक अनुमति पत्र निलम्बनको लागि यातायात व्यवस्था विभागमा पठाएको छ ।

Advertisement

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ बमोजिम चालकले पालना गर्नुपर्ने सर्त तथा नियमहरू ५ पटकभन्दा बढी उल्लंघन गरेको पाइएकाले सोही ऐनको परिच्छेद ४ को दफा ६० बमोजिमको कसुर गरेको हुँदा सवारी चालक अनुमति पत्र निलम्बनका लागि आज यातायात व्यवस्था विभाग पठाइएको हो ।

निलम्बनका लागि पठाइएका सवारी चालक अनुमति पत्र मध्ये ३६, ३०, २८, १९, १८ र १७ पटक १/१ जना, २३, २० र १६ पटक २/२ जना, २१ पटक ३ जना, १५, ११ र १० पटक ११/११ जना, १४ पटक ५ जना, १३ पटक ९ जना, १२ पटक ८ जना, ९ पटक २४ जना, ८ पटक ३४ जना, ७ पटक ५० जना, र ६ पटक ८१ जना चालकहरु ट्राफिक प्रहरीको कारबाहीमा परेका थिए।

ट्राफिक नियम उल्लंघन गरेका कारणले धेरै जसो सवारी दुर्घटना हुने गरेकाले सुरक्षित यात्राका लागि ट्राफिक नियम उल्लंघन नगरी सवारी साधन चलाउन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले अनुरोध गरेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया