लिटिल स्टेप माविको वार्षिकोत्सव

समाधान संवाददाता २०७९ माघ १७ गते १२:३१

पोखरा ।
लिटिल स्टेप माध्यमिक विद्यालय, सिमलचौरको ४० औं वार्षिकोत्सव सोमबार भएको छ । विद्यालय परिसरमा विद्यालय सञ्चालक, प्रशासक, शिक्षक गण तथा विद्यार्थीको उपस्थितिमा वार्षिकोत्सव मनाइएको हो ।

कार्यक्रममा केही सांस्कृतिक प्रस्तुति एवं कक्षा ४ र ५ को विद्यार्थीका लागि प्रतिष्पर्धात्मक ‘फेसन सो’ प्रतियोगिता भएको थियो ।

कार्यकारिणी निर्देशक राजकुमार गुरुङ, सपोर्ट अफिसर राधिका भट्टराईको उपस्थितिमा भएको कार्यक्रममा विद्यालय संयोजक विनोद गिरी, मावि संयोजक ताराप्रसाद सुवेदीले लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया