स्याङ्जामा एकैरातमा १४ ठाउँमा चोरी
समाधान संवाददाता
२०७९ माघ १७ गते १५:३२

पोखरा
स्याङ्जाको पञ्चमूलको १४ ठाउँमा चोरी भएको छ । गएराती स्याङ्जा आँधिखोला गाउँपालिका–१ पञ्चमूलमा वडा कार्यालय, गुम्बा, सहकारी, व्यक्तिको घर गरी १४ ठाउँमा चोरी भएको उक्त वडाका वडाध्यक्ष पवनकाजी अधिकारीले जानकारी दिए ।
‘व्यक्तिको घरबाट साढे १० तोला सुन चोरी भएको छ । वडा कार्यालयको ४५ हजार रुपैयाँ राजस्व, सहकारीको ३ हजार रुपैयाँ जति खुद्रा पैसा पनि चोरी भएको प्रारम्भिक जानकारी आएको छ,’ वडाध्यक्ष अधिकारीले भने ।
चोरी गर्ने व्यक्तिले सहकारीको सिसीटिभी फुटेजको हार्डड्राइभ पनि लगेको वडाध्यक्ष अधिकारीले बताए । ‘पैसा ५÷६ लाख रुपैयाँ जति चोरी भएको अनुमान छ । अहिले म प्रहरीकहाँ छु । थप अनुसन्धान हुँदैछ,’ उनले भने । आँधिखोला–१ को पञ्चमूलको ३ किलोमिटर क्षेत्रभित्र यी चोरीका घटना भएका हुन् ।
सम्बन्धित







फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया