पोखरा महानगरले पुरानो ट्राफिक भवनमा चलायो डोजर

समाधान संवाददाता २०७९ माघ १७ गते १५:५२

पोखरा ।
पोखरा महानगरपालिकाले पृथ्वीचोकमा रहेको पुरानो ट्राफिक कार्यालयको भवनमा डोजर चलाएको छ । महानगरको कार्यपालिकाको बैठकको निर्णयअनुसार पृथ्वीचोकको पुरानो ट्राफिक कार्यालयको भवनमा मंगलबार डोजर चलाइएको पोखरा महानगरपालिका वडा नं. ९ का वडाध्यक्ष दीपेन्द्र मरासिनिले बताए ।

ट्राफिक कार्यालय सरेपनि त्यहाँ रहेको संरचना हटाउन महानगरपालिकाले डोजर चलाएको हो । पोखराको सुन्दरतालाई मध्यनजर गर्दै जिर्ण अवस्थामा रहेको पुरानो ट्राफिक कार्यालय (गोलघर) भत्काउन थालिएको पोखरा ९ का वडाध्यक्ष दिपेन्द्र मर्सानीले बताए ।

उक्त ठाउँमा ‘पोखरा घर’ बनाउने योजनाका साथ भवन भत्काउन सुरु गरेको वडाध्यक्ष मरासिनीको भनाइ छ । ‘२ वर्षभित्र बनाइसक्ने योजनासहित अगाडि बढेको महानगरले त्यहाँ रहेको पुरानो ट्राफिक कार्यालयको भवन भत्काउन कम्तीमा १५ दिन लाग्नछ । हाल पोखरा घरका लागि डीपीआर निर्माणको काम भइरहेको छ,’ उनले भने ।

Advertisement

पोखरा घर बनाउनका लागि चालु आर्थिक वर्षमा महानगरले २ करोड रुपैयाँ रकम विनियोजन गरेको छ । ‘पोखरा घर’को भुइँतलामा सूचना केन्द्र, दोस्रो तलामा पुस्तकालय, तेस्रो तलामा ग्यालरी र त्यसमाथि घन्टाघर बनाउने महानगरको योजना रहेको वडाध्यक्ष मरासिनीले बताए ।

‘यहाँ दुई वर्षभित्रै पोखरा चिनाउने पोखरा घर बनाउने योजनामा छौं । यो पर्यटकका लागि पोखरा चिनाउने सूचना केन्द्र पनि हो,’ वडाध्यक्ष मरानिसीले भने ।

Advertisement

तपाईको प्रतिक्रिया