पोखरामा नर्सिङ दिवस मनाइयो

पोखरा ।
नेपाल नर्सिङ संघको ६१ औं दिवसको अवसरमा नेपाल नर्सिङ संघ कास्की जिल्ला कमिटीले २ दिने कार्यक्रम गरेको छ ।
कार्यक्रमको पहिलो दिन आइतबार नर्सिङ संघ जिल्ला कमिटी कास्की र पोखरा महानगरपालिका वार्ड नं १२ को संयुक्त आयोजनामा महिलाको स्तन तथा पाठेघरसम्बन्धी क्यान्सरको रोकथाम तथा सचेतना एवं परीक्षण भएको छ ।
कार्यक्रममा पोखरा १२ का वडाध्यक्ष सन्तोष बास्तोलाले आयोजकलाई धन्यवाद दिए । उनले महिलाले आफ्नो स्वास्थप्रति सचेत हुँदा समयमा नै क्यान्सर जस्ता रोग पहिचान गरी उपचार पाउन सकिने बताए ।
आइतबारै नेपाल नर्सिङ संघ कास्कीले ‘नर्सिङ पेशाको वर्तमान तथा भविष्य’ विषयमा अन्तक्र्रिया आयोजना गरेको थियो ।
कार्यक्रममा नगर परिषद सदस्य धन पोखरेलले नर्सिङ पेशा संवेदनशील र चुनौतीपूर्ण भएको बताइन् । पोखरेल लामो समय नर्सिङ पेशामा आवद्ध थिइन् ।
सोमबार नेपाल नर्सिङ संघ जिल्ला कमिटीले पोखरा स्वास्थ विज्ञान प्रतिष्ठानमा विद्या बास्तोलाको अध्यक्षतामा ११ सदस्यीय इकाइ समिति गठन गरेको छ ।
कार्यक्रममा नर्सिङ संघ जिल्ला अध्यक्ष मुना सिलवालको अध्यक्षतामा भएकाे थियाे ।









गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण
विकट गाउँमा रेन्बो ट्राउटपालन गर्दै पूर्वप्रहरी विकास
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया