सातौं पोखरा स्पोर्ट्स अवार्ड वैशाख २२ मा

पोखरा ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्ड २०७९ आगामी वैशाख २२ गते शुक्रबार हुने भएको छ । खेलकुद पत्रकार मञ्च गण्डकीको मंगलबार बसेको १९ बैठकबाट अवार्डको मिति तय भएको हो ।
बैठकले मिति तोकेर तयारी सुरु गर्ने निर्णय गरेको मञ्चका महासचिव राजाराम पौडेलले बताए । मञ्चले नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका पूर्व सल्लाहकार त्रिभुवन पौडेलको स्मृतिमा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले स्थापना गर्न लागेको अक्षयकोषमा १५ हजार रुपैयाँ प्रदान गर्ने भएको छ ।
महासंघ गण्डकी प्रदेश समितिले संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा १० लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने घोषणा गरेको छ ।
मञ्चका कार्यसमिति सदस्य एमबी आस्था मगरले तीर्थसागर सुवेदी स्मृति पत्रकारिता पुरस्कार प्राप्त गरेकोमा बैठकले बधाई ज्ञापन गरेको छ ।
मञ्चका अध्यक्ष दीनानाथ बरालले अवार्ड कार्यक्रमलाई भव्य बनाउन सबैको साथ, सहयोग आवश्यक रहेको बताए । ‘हामीले सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्ड उत्कृष्ट बनाउन तयारी सुरु गरेका छौं, सबैको साथले कार्यक्रम भव्य बन्ने विश्वास छ,’ बरालले भने ।
कार्यक्रममा मञ्चले लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ र उत्कृष्ट खेल पत्रकारलाई अवार्ड वितरण गर्नेछ ।









सकियो ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला
संसद् विघटनविरुद्ध एमालेपछि कांग्रेस पनि सर्वोच्चमा, ८ सांसदद्वारा रिट पेस
तमु ल्होछारमा टुँडिखेलमा महोत्सव
पोखरा बहुमुखीमा लैंगिक हिंसा विरुद्ध सचेतना
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया