सातौं पोखरा स्पोर्ट्स अवार्ड वैशाख २२ मा

समाधान संवाददाता २०७९ माघ १७ गते १६:५२

पोखरा ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्ड २०७९ आगामी वैशाख २२ गते शुक्रबार हुने भएको छ । खेलकुद पत्रकार मञ्च गण्डकीको मंगलबार बसेको १९ बैठकबाट अवार्डको मिति तय भएको हो ।

बैठकले मिति तोकेर तयारी सुरु गर्ने निर्णय गरेको मञ्चका महासचिव राजाराम पौडेलले बताए । मञ्चले नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका पूर्व सल्लाहकार त्रिभुवन पौडेलको स्मृतिमा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले स्थापना गर्न लागेको अक्षयकोषमा १५ हजार रुपैयाँ प्रदान गर्ने भएको छ ।

महासंघ गण्डकी प्रदेश समितिले संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा १० लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने घोषणा गरेको छ ।

Advertisement

मञ्चका कार्यसमिति सदस्य एमबी आस्था मगरले तीर्थसागर सुवेदी स्मृति पत्रकारिता पुरस्कार प्राप्त गरेकोमा बैठकले बधाई ज्ञापन गरेको छ ।

मञ्चका अध्यक्ष दीनानाथ बरालले अवार्ड कार्यक्रमलाई भव्य बनाउन सबैको साथ, सहयोग आवश्यक रहेको बताए । ‘हामीले सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्ड उत्कृष्ट बनाउन तयारी सुरु गरेका छौं, सबैको साथले कार्यक्रम भव्य बन्ने विश्वास छ,’ बरालले भने ।

Advertisement

कार्यक्रममा मञ्चले लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ र उत्कृष्ट खेल पत्रकारलाई अवार्ड वितरण गर्नेछ ।

तपाईको प्रतिक्रिया