लोक दोहोरी गीत प्रतिष्ठानमा राजन कार्की

पोखरा ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकीको पाँचौ अधिवेशनबाट अध्यक्ष राजन कार्कीको नेतृत्वमा ३० सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ ।
कार्यसमितिको वरिष्ठ उपाध्यक्ष माया गुरुङ, प्रथम उपाध्यक्ष दिलु लामा मोक्तान, द्वितीय उपाध्यक्ष प्रेमराज अधिकारी निर्वाचित भएका छन् ।
आगामी ३ वर्षे कार्यकालका लागि महिला उपाध्यक्ष मञ्जु विक, खुला सचिव रामजी पौडेल, महिला सचिव ज्योति लोहनी निर्विरोध भएका छन् ।
कार्यसमिति कोषाध्यक्ष कृष्ण सुवेदी, सहसचिव दीपक पौडेल, सह—कोषाध्यक्ष होम गुरुङ निर्वाचित भएको सचिव पौडेलले जानकारी दिए ।
कार्यसमितिको महिला सदस्यमा मधु चापागाई, टौसुवा गुरुङ (सविना), सुनिता नेपाली र सपना परियार चयन भएका छन् ।
भूगोलतर्फ ऋषि डुम्रे (स्याङ्जा), अमित विश्वकर्मा (म्याग्दी), हरि सुनार (बागलुङ), माधव चापागाई (कास्की), विष्णु पराजुली अधिकारी (तनहुँ), टसबहादुर गुरुङ (लमजुङ), विष्णुकुमार वाग्ले (नवलपुर), विकास नेपाली (गोरखा), सरस्वती लामिछाने (पर्वत) छन् ।
खुला सदस्यमा ज्ञानेश्वर सुवेदी, प्रकाश बराल, सन्दीप परियार, विक्रम गुरुङ, धीरन थापा, कृष्ण गैरे, टेक क्षेत्री निर्विरोध भएका छन् ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय उपाध्यक्ष पशुपति शर्मा संयोजक तथा प्रतिष्ठान नेपालका केन्द्रीय सचिव जीवन दाहाल सहसंयोजक रहेको निर्वाचन समितिले एकमात्र उम्मेद्वारी परेको पदमा सर्वसम्मत तथा एकभन्दा बढी उम्मेद्वारी परेको पदमा निर्वाचनको माध्यमबाट नेतृत्व चयन गरेको हो ।







आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया