पोखरा ७ मा सचेतना कार्यक्रम

पोखरा ।
लैगिंक हिंसा विरुद्ध पुरुषहरुको ऐक्यवद्धता महिला पुरुष सचेतना कार्यक्रम पोखरा र ७ मा सम्पन्न भएको छ । कार्यक्रममा पोखरा ७ का अध्यक्ष राममोहन आचार्यले यस्ता कार्यक्रमले महिला पुरुषबीच सम विकासको सिद्धान्त लागू गराउने बताए ।
उनले कार्यक्रममा सक्रिय सहभागिता जनाउनका लागि अनुरोध गरे । वडा कार्यालय जनतालाई स्थानीय सरकारको अनुभूति दिने गरी लागेको जनाउँदै वडावासीबाट रचनात्मक सल्लाह, सुझावको अपेक्षा गरे ।
कार्यक्रम संयोजक तथा वडा सदस्य सुनिता सुनारले यस कार्यक्रमले समाजमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिन् ।
कार्यक्रममा लिंग र लैंगिकताको विषयमा अधिवक्ता गीताकुमारी लामिछाने, महिलाको अवस्था र कानुनी व्यवस्थाका बारेमा अधिवक्ता लक्ष्मण शर्मा र लैंगिक हिंसा न्यूनीकरणमा महिला तथा पुरुषको भूमिकाको विषयमा पत्रकार दुर्गा अधिकारीले सहजीकरण गरेका छन् ।
सचेतनामा वडा नम्वर ७ का विभिन्न टोल विकास संस्था, आमा समूह, युवा क्लब र महिला क्लबबाट ४० जनाको सहभागिता छ ।







२ महिनापछि गण्डकी प्रदेशसभा बैठक आज बस्दै
राजनीतिक पाठशालाको सन्देश
‘निजी क्षेत्र हतोत्साहित हुँदा अर्थतन्त्रमा नकारात्मक प्रभाव’
जलनको पीडा रोकथामप्रतिको उदासिनता
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया