राजीनामा माग्ने प्रकृया मिचेर क्यानलाई निलम्बनमा लैजाने खोज्नु होः अध्यक्ष चन्द

पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई बी ग्रेडमा झारियाे

सञ्जय रानाभाट २०७९ माघ १८ गते १३:२६

पोखरा ।

नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले आफ्नो राजीनामा मागेर निलम्बनको बाटोमा लैजान खोजिएको बताएका छन् । अध्यक्ष चन्दले राजीनामा माग्ने बाटो साधरण सभा मार्फत विधानअनुसार अगाडि बढनुपर्नेमा उल्टो बाटो राजिएको बताएका हुन् ।


पोखरामा मंगलबार भएको नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय कार्यसमिति बैठकपछि बुधबार पत्रकार सम्मेलनमा बोल्दै चन्दले यस्तो बताएका हुन् ।

Advertisement

‘राजीनामाको बाटो निरुपण साधारण सभा हो । अनावश्यक दबाद जसको जनमत छैन उहाँहरुले दिनुभएको हो । उहाँहरुले कति क्रिकेटलाई सहयोग गर्नुभएको छ,‘ उनले भने, ‘निकम्माहरुको साथ कसैले दिन्छ भन्ने मलाई लाग्दैन । म विधान अनुसार चल्छु । उहाँहरुले राजीनामा माग्नु भन्दा महत्वपूर्ण साधरण सभा हो ।’


अध्यक्ष चन्दले ‘अली इलेक्सन’ गर्ने आफूले घोषणा गरेको बताए । पोखरामा बसेका क्यानको बोर्ड बैठकमा ७ जना केन्द्रिय सदस्यले नेपाल टी–२० लिगको विषयलाई लिएर अध्यक्ष चन्दको राजिनामा मागेका थिए ।
अध्यक्ष लगायत कार्य सम्पादन समितिका सदस्यहरुको राजिनामा माग गर्दै बैठक बहिस्कार गरेका थिए । केन्द्रीय सदस्यहर ऋषिराम गौतमसँगै दाउद अन्सारी, करण महतरा क्षेत्री, संजयराज सिंह, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरीले अध्यक्षको राजीनामा गरेर बैठक बहिस्कार गरेका थिए ।

Advertisement


बैठकले नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा भएको गर्ने निर्णय गरेको छ । बलात्कार आरोपमा पक्राउ परेपछि क्यानले लामिछानेलाई निलम्बन गरेको थियो भने उच्च अदालतले उनलाई धरौटीमा छाड्ने निर्णय गरेसँगै निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो । निलम्बनमा परेका सन्दीप पाँच महिनापछि फेरि राष्ट्रिय टीमबाट क्रिकेट खेल्न योग्य भएका छन् ।
बैठकले सेन्ट्रल कन्ट्र्याक्टका लागि पुरुष र महिला खेलाडीको वर्गीकरण गरेको छ । पुरुषतर्फ ग्रेड एमा ५, ग्रेड बीमा ३ र ग्रेड सीमा १० जना छन् । पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई बी ग्रेडमा झारिएको छ भने अर्का पूर्वकप्तान सन्दीप लामिछानेलाई समेटिएको छैन ।
यस्ता छन्, निर्णय ः

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया