कालिका माविमा खेलकुद सप्ताह

समाधान संवाददाता २०७९ माघ १८ गते १३:५६

पोखरा ।
पोखरा महानगरपालिका १० रामबजारमा रहेको कालिका माध्यामिक विद्यालयमा खेलकुद सप्ताह भएको छ । विद्यालयको ५९ औं वार्षिकउत्सव तथा कालिका पब्लिक कलेजको १६ औं वार्षिकउत्सवको पूर्वसन्ध्यामा खेलकुद आयोजना गरिएको हो ।

माघ १३ गते देखि १८ गते सम्म भएको प्रतियोगितामा हरेक दिन फरक फरक खेल भएका थिए । सबै खेलका फाइनल खेल भने माघ २५ गते वार्षिकउत्सवका दिन हुने खेलकुद संयोजक केशवराज वाग्लेले जानकारी दिए ।

छात्रा÷छात्र भलिबल प्रतियोगिताको संयोजकमा श्रीराम आचार्य, डोरी तान्नेमा रामप्रसाद कोइराला, बास्केटबलमा केशवराज वाग्ले, सटपुटमा विजय सापकोटा, दौडमा रामप्रसाद गौतम, हाइजम्पमा महेन्द्र कुँवर, लंग जम्पमा अर्जुनबहादुर कार्की थिए ।

Advertisement

छात्र फुटबलमा श्रीराम गौली, खुला म्यूजिकल चियरमा कृष्णराज भट्टराई, घैटो फुटाउनेमा चेतनारायण सुवेदी थिए ।

विद्यार्थीक शारिरीक, मानसिक, र बौद्धिक विकासलाई मध्यनजर गरी पढाइका साथ–साथ खेलकुदलाई समेत सँगसँगै लेजाने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको विद्यालयका प्रध्यानाध्यापक बलराम गिरीको भनाइ छ । खेल शिक्षकको समेत व्यवस्था गरि विद्यार्थीको खेलप्रतिको रुचिलाई उच्च बनाउने प्रयास गरिएको गिरीले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया