इन्धनको मुल्यमा वृद्धि, निगम फेरी घाटामा

समाधान संवाददाता २०७९ माघ १८ गते १४:२०

पोखरा ।
भारतीय आयल कर्पोरेसन (आईओसी) ले इन्धनको भाउ बढाएर पठाएको नेपाल आयल निगमले जनाएको छ । पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ र डिजेल प्रतिलिटर ७ रुपैयाँ ९८ पैसाले थप महँगो भएको निगम स्रोतले बतायो ।

यस्तै मट्टितेलको मूल्य लिटरमा ४ रुपैयाँ ८० पैसाले बढेको छ भने हवाइ इन्धन लिटरमै ७ रुपैयाँ ५० पैसाले बढेर आएको छ ।

नयाँ मूल्यपछि निगमलाई अबको १५ दिनमा ९ करोड ४१ लाख रुपैयाँ घाटा पर्ने देखिएको स्रोतको दाबी छ ।

Advertisement

निगमले सरकारबाट ७ अर्ब ऋण लिएको छ । आईओसीलाई तिर्नु पर्ने ९ अर्ब र सरकारी ऋण ७ अर्ब गरी १६ अर्ब भन्दा धेरै बक्यौता बाँकी रहेको पनि निगमले जनाएको छ ।

भारतबाट बढेर नयाँ मूल्य पाए पनि निगमले आफ्नो उपभोक्ताका लागि नयाँ मूल्य भने निर्धारण गरेको छैन ।

Advertisement

तपाईको प्रतिक्रिया