पोखराबाट अन्तर्राष्ट्रिय उडान कहिले ?, सांसद परियार

पोखरा ।
नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरामा तामझामका साथ अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरे पनि उडान भर्नेबारे सरकारसँग कुनै योजना नभएको दाबी गरेका छन् ।
‘प्रधानमन्त्रीज्यूले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन त गर्नुभयो । तर, पोखराबासीले पर्खिरहेका छन्, पोखरामा अन्तर्राष्ट्रिय उडान कहिलेदेखि हुन्छ ?,’ उनको प्रश्न छ ।
सांसद परियारले पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाका विषयमा यथाशीघ्र छानबिन गरी घटनाको विषयमा सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन् । ‘पोखरामा विमान दुर्घटना हुँदा ठूलो जनधनको क्षति भयो ।
विमान दुर्घटनामा ज्यान गुमाउने सबैप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । के कति कारणले दुर्घटना भयो ? घटनाको छानबिन होस्, र यथाशीघ्र सत्यतथ्य सार्वजनिक होस्,’ उनले भने, ‘घटनामा पीडित परिवारलाई सरकारले उचित क्षतिपूर्तिको व्यवस्था गरोस् ।’








शान्ति श्रीष मगरको नयाँ गीत
प्यारामाउन्ट पब्लिक स्कुलको अभिभावक दिवस
पर्यटनमा साझेदारी बढाउँदै पोखरा–ढोरपाटन ‘टुर’ सम्पन्न
हिमालय क्रिकेट एकेडेमी कपमा नवीन र डायमण्ड विजयी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया