पोखराबाट अन्तर्राष्ट्रिय उडान कहिले ?, सांसद परियार

समाधान संवाददाता २०७९ माघ १९ गते १०:३४

पोखरा ।
नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरामा तामझामका साथ अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरे पनि उडान भर्नेबारे सरकारसँग कुनै योजना नभएको दाबी गरेका छन् ।

‘प्रधानमन्त्रीज्यूले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन त गर्नुभयो । तर, पोखराबासीले पर्खिरहेका छन्, पोखरामा अन्तर्राष्ट्रिय उडान कहिलेदेखि हुन्छ ?,’ उनको प्रश्न छ ।

सांसद परियारले पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाका विषयमा यथाशीघ्र छानबिन गरी घटनाको विषयमा सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन् । ‘पोखरामा विमान दुर्घटना हुँदा ठूलो जनधनको क्षति भयो ।

Advertisement

विमान दुर्घटनामा ज्यान गुमाउने सबैप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । के कति कारणले दुर्घटना भयो ? घटनाको छानबिन होस्, र यथाशीघ्र सत्यतथ्य सार्वजनिक होस्,’ उनले भने, ‘घटनामा पीडित परिवारलाई सरकारले उचित क्षतिपूर्तिको व्यवस्था गरोस् ।’

Advertisement

तपाईको प्रतिक्रिया