मनिपालको योजनामा २ सहकारी सहभागी

समाधान संवाददाता २०७९ माघ १९ गते ११:३२

पोखरा ।
मनिपाल शिक्षण अस्पतालको कर्पोरेट स्वास्थ्य जाँच योजनामा स्वागतम बहुउद्देश्य सहकारी र नवीन बचत तथा ऋण सहकारी आवद्ध भएका छन् ।

अस्पतालले ल्याएको नयाँ स्वास्थ्य प्याकेज व्यावसायिक प्रतिष्ठान तथा संघ, संस्था स्वास्थ परीक्षण योजना’मा मंगलबार २ सहकारी संस्थाले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।

अस्पतालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल ओडुविल र स्वागतम बहुउदेश्य सहकारीको तर्फबाट अध्यक्ष सुरेनकुमार नेपालीले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

Advertisement

नवीन सहकारीको तर्फबाट अध्यक्ष ज्ञेहेनेश्वर कोइराला र अस्पतालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत ओडुविलबीच सहमति पत्रमा हस्ताक्षर भएको छ ।

यो योजनाको लाभ लिनका लागि संघ, संस्था तथा व्यावसायिक प्रतिष्ठानमा कम्तीमा ५० सदस्य हुनु पर्छ । यसरी सहकार्य गर्ने संस्थाका सदस्यले डाक्टरी परामर्शदेखि विभिन्न सेवामा छुट पाउँछन् ।

Advertisement

अस्पतालको ओपिडी दर्ता शुल्क निःशुल्क, सामान्य बेडमा २५ प्रतिशत, नियमित जाँचमा १५ प्रतिशत, न्युरोसर्जरी तथा विशिष्ट सेवाबाहेक अन्य शल्यचिकित्सा र विशेष अनुसन्धानमा १० प्रतिशत तथा डाक्टरी परामर्शमा शुल्क नलाग्ने सहमति भएको छ ।

तपाईको प्रतिक्रिया