२२ गते युके एजुकेशन फेयर हुने

समाधान संवाददाता २०७९ माघ १९ गते १४:५५

पोखरा ।
एसआई युके कन्सल्टेन्सीकाे आयाेजना पोखरामा ‘द लार्जेस्ट युके एजुकेशन फेयर २०२३’ हुने भएको छ । युकेमा अध्ययन गर्न जान चाहने विद्यार्थीलाई लक्षित गरी फेयर गर्न लागिएकाे कन्सल्टेन्सी पोखराका प्रमुख सागरबाबु गिरीले बताए ।

Advertisement

फेयरमा विद्यार्थी तथा अभिभावकले युकेमा रहेका प्रतिष्ठित २५ भन्दा धेरै विश्वविद्यालयका प्रतिनिधिहरुसँग सिधै भेट्न तथा आफ्ना जिज्ञासा राख्न पाउन उनकाे भनाइ छ ।

फेयरमा सहभागीलाई स्मार्ट फोन, फिल्म टिकट र उत्कृष्ट पाँच जना विद्यार्थीलाई हवाई टिकटलगायत विभिन्न उपहार प्रदान गरिने गिरीले जानकारी दिए ।

पहिलो पटक युकेलाई नै केन्द्र बनाएर हुन लागेको फेयर पोखराको न्यूरोडमा रहेको सिटी स्क्वायरमा माघ २२ (फेब्रुअरी ५) गते हुने एजुकेशन फेयर बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म चल्नेछ ।

विदेशमा उच्च शिक्षा अध्ययनका लागि आवश्यक पर्ने जानकारी लिन फेयरमा सहभागी हुन कन्सल्टेन्सीले आग्रह समेत गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया