तमु धीं युके टोलीको बिदाइ
पोखरा ।
नेपाल भ्रमणमा रहेको तमु धीं युकेको टोलीलाई पोखरामा बिदाइ गरिएको छ । बेलायत फर्कन लागेको टोलीलाई तमु धीं नेपाल, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी लगायतका संघ, संस्थाले मंगलबार बेलुका बिदा गरेका हुन् ।
तमु प्ये ल्हु संघ, तमु सञ्चारकर्मी संघ, तमु कलाकार संघ, सहारा क्लब पोखरा, नेपाल भूतपूर्व खेलाडी मञ्च, नौलो घुम्ती, बगर भाइ खलक लगायतका संघ, संस्थाले टोलीलाई बिदा गरेका हुन् ।
टोलीले यो पटक गुरुङ समुदायको बाक्लो बस्ती रहेको कास्कीको घान्द्रुक र सिक्लेस गाउँ, पर्वतको चारभन्ज्याङ क्षेत्र र पूर्वस्थित ओखलढुंगाको रुम्जाटार क्षेत्र भ्रमण गरेको थियो ।
तमु धीं युकेका अध्यक्ष हरि गुरुङको नेतृत्वमा नेपाल भ्रमणमा रहेको टोलीले नेपालको भ्रमणमा रहँदा यहाँ विभिन्न क्षेत्रमा नगदसहित सहयोग गरेको थियो ।
कार्यक्रममा स्याङ्जाको साल्मेडाँडास्थित निर्माणाधीन गोरखा स्मारक निर्माणका लागि तमु धीं युकेले नगद १ लाख प्रदान ग¥यो ।
अध्यक्ष हरि गुरुङ र वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङले स्मारक निर्माण समिति अध्यक्ष जंगबहादुर गुरुङ, महासचिव डा.चन्द्रबहादुर गुरुङलाई सो रकम हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री पञ्चराम गुरुङले गुरुङहरुको एकता औंल्याए । गुरुङ जातिका नाममा धेरै संघ, संस्था खुलेको बताउँदै मन्त्री गुरुङले एउटै छाता संस्थामा एकीकृत गर्नुपर्ने कुरामा जोड दिए ।
उनले भने, ‘गुरुङ जातिका नाममा धेरै संघ, संस्था खोलेर एकले अर्कोलाई दोषारोपण र गाली गर्नुभन्दा एउटै संघ, संगठनमा एकाकार गराएर त्यस संगठनलाई सशक्त र बलियो बनाउन सकिन्छ ।’
तमु धीं युकेका अध्यक्ष हरि गुरुङले सबैले संविधान र कानुनलाई सर्वोपरी ठानी देश र जनताका लागि इमान्दार रहेरअघि बढेमा मात्रै देशमा समृद्धि ल्याउन सकिने बताए ।
कार्यक्रममा तमु धीं नेपालका अध्यक्ष हुम तमुले विदेशमा स्थापना भएको संस्था तमु धीं युकेले नेपालको सामाजिक संघ, संस्था तथा खेलकुद क्षेत्रमा विशेष योगदान पुर्याएको जनाए ।
तमु धीं युकेका अध्यक्ष हरि गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङ, नेपाल प्रतिनिधि मेजर लक्ष्मीप्रसाद गुरुङ, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष दीननाथ बराल लगायतले बोलेका थिए ।









फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
चुनाव आउन ७२ दिन बाँकी : सरकारी तलब खाने र पीआरधारी समानुपातिक उम्मेदवार बन्न अयोग्य
प्रतिभा माविले जित्यो १८औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया