रोटरी क्लब पोखरा अन्नपूर्णको स्थापना दिवस

समाधान संवाददाता २०७९ माघ २० गते १२:४९

पोखरा ।
सन् २००६ मा सामाजिक कार्य गर्ने उद्देश्यले स्थापना भएको रोटरी क्लब अफ पोखरा अन्नपूर्णले बुधबार १७ औं स्थापना दिवस मनाएको छ ।

कार्यक्रममा संस्थापक अध्यक्ष देवराज चालिसेले क्लबले सामाजिक काम गरिरहेको बताउँदै शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर कार्य गर्नुपर्ने जनाए ।

गण्डकी प्रदेश सांसद राजकुमारी भुजेलले रोटरी क्लबले गरेका काम अनुकरणीय रहेको उल्लेख गरिन् । सामाजिक काम गर्दा तत्कालको आवश्यकता पूरा गर्ने भन्दा पनि दीर्घकालीन हित हेर्न उनको आग्रह छ ।

Advertisement

कार्यक्रम संयोजक प्रेसिडेन्ट इलेक्ट तोयबहादुर भट्टराईले आफ्नो कार्यकालमा क्लबलाई अझ प्रभावशाली बनाएर काम गर्ने बताए ।

क्लबका अध्यक्ष देवेन्द्र बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा सचिव निकेश्प्रसाद कर्माचार्य, सार्जेन्ट आर्म नवीन बराल, सदस्य पवित्रा थापामगर लगायतले बोलेका थिए ।

Advertisement

पूर्व अध्यक्ष ईश्वर कर्माचार्य असिस्टेन्ट गभर्नरमा मनोनित भएकोमा कार्यक्रममा सम्मान गरिएको छ ।

तपाईको प्रतिक्रिया