पोखरा १९ मा क्षमता अभिवृद्धि तालिम

समाधान संवाददाता २०७९ माघ २० गते १६:३७

पोखरा ।
पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले महिलालाई जनसंख्याको गन्तीमा मात्रै सिमित नगरी जनशक्तिमा बदल्नुपर्नेमा जोड दिएकी छन् । आधा आकाश ढाकेका महिलालाई सधै जनसंख्याका रुपमा मात्र गन्ने अवस्थाको अन्त्य गर्दै विकासमा अगाडि बढाउनुपर्ने उनले बताइन् ।

Advertisement

पोखरा १९ वडा स्तरीय महिला सञ्जालले आयोजना गरेको महिलाहरुको क्षमता अभिवृद्धि तालिमको समापन कार्यक्रममा उनले महिलाको अवस्थामा विगतको भन्दा परिर्वतन भए पनि अपेक्षाकृत हुन नसकेको बताइन् । उनले महिला सामाजिक, राजनीतिक रुपमा स्थापित हुनका लागि आर्थिक रुपमा सक्ष र अधिकारका बारेमा जानकार हुनुपर्नेमा जोड दिइन् ।

उपप्रमुख गुरुङले महिला चुलोचौकोमा मात्रै सिमित नभई अब सामाजिक क्षेत्रमा अघि बढनुपर्ने उल्लेख गरिन् । .कार्यक्रममा पोखरा १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डे, वडा नम्बर १९ का सदस्यहरु विकासकुमार आचार्य, दुर्गादेबी बस्नेत, कल्पना सुनार, नेकपा एमाले वडा कमिटी अध्यक्ष विष्णु गौतम, नेपाली काँग्रेस वडा सभापति विष्णु बास्तोला, माओवादी केन्द्रका वडा इन्चार्ज सबिन जिसी, वडा सचिव श्रीराम पौडेल, तालिममा सहभागीको तर्फबाट सन्तु राम्जाली, हेमाया तामााङ लगायतले बोलेका थिए ।

वडा स्तरीय महिला सञ्जालका अध्यक्ष तारा परियारको अध्यक्षतामा कार्यक्रम भएको थियो । तालिममा ३८ आमा समूह करिब सय जना सहभागी थिए । सहभागीलाई पत्रकार शुष्मा पौडेल र पत्रकार महासंघ कास्की अध्यक्ष बिमला भण्डारीले प्रशिक्षण दिएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया