सांसदकाे दुखेसाे —बाँदरले उठिबास गरायो

समाधान संवाददाता २०७९ माघ २१ गते १३:३५

सञ्जय रानाभाट, पोखरा ।
‘घर छ, सेवा सुविधा पनि अत्यन्तै राम्रो छ । घर अगाडि बाटो पु¥याएका छौं । तर, त्यो घरमा बस्ने मान्छे छैन,’ उनले भने । त्यसो हुनुको कारण पनि उनले खुलाए— बाँदर । ‘जसको स्याङ्जामा ४०÷५० रोपनी जमिन पनि छ । तर, बाँदरको कारण बस्न नसकेर १÷२ कठ्ठा जमिन किनेर तराईमा बसाईंसाइ गर्नुपर्ने अवस्था आएको छ । यसरी बाँदर आतंक हुँदा गाउँ नै खाली हुने भो ।’
गण्डकी प्रदेश सभा स्याङ्जा २(२)बाट निर्वाचित सांसद महेश भट्टराईले शुक्रबार प्रदेश सभाको शून्य समयम बोल्दै बाँदर आतंकको ब्यथा खोलेका हुन् । उनले भने, ‘मेरो निर्वाचन क्षेत्रमा २ वटा नगरपालिका र एउटा गाउँपालिका पर्छ । त्यहाँ भएका किसानहरुलाई समस्या आइपरेको छ । बाँदरले बाली नष्ट गरेकाले त्यहाँका जनता बसाइसराईं गर्नुपर्ने अवस्था छ । किसानले बाँदरबाट बाली बँचाउन नसकेपछि बसाईंसराइ गरेका छन् ।’

Advertisement


गण्डकी प्रदेश सभातर्फ स्याङ्जा २(२)मा कालिगण्डकी गाउँपालिका, गल्याङ र चापकोट नगरपालिका पर्छन् । त्यहाँका जनता बाँदरले बाली नष्ट गरेपछि बसाईं गर्नुपर्ने अवस्था आएको सांसद भट्टराईको भनाइ छ । जुन बाली लगाए पनि बाँदरबाट बँचाउन नसकेको उनले बताए । ‘मकै लगाइन्थ्यो । बाँदरले खान थालेपछि लगाउनै छाडियो । यसको विकल्पमा आलुखेती गर्दासमेत बचाउन मुस्किल परेको छ । बादरले माटो खोसिएर आलु समेत छाडेन ।’


बादरबाट अन्न बाली जोगाउन मुस्किल भएपछि त्यहाँका बासिन्दा बसाइसराईं थालेको र गाउँ नै खाली हुने अवस्थामा पुगेको भट्टराईले सुनाए । ‘गत वर्षको कुरा हो । बाँदरले बाली नष्ट गरेपछि हेरालो राखिएको थियो । त्यो बेला बारीमा मकै थियो । त्यो ५÷६ वटा जनाको हेरालालाई बाँदरले आक्रमण गरेर खेतबारीमा भएको सबै अन्न सखाप बनाएको उदाहरण सेलाएकै छैन,’ सांसद भट्टाईले भने ।


गल्याङ नगरपालिका वडा नम्बर १० सिमलचौरका अध्यक्ष मुक्तिप्रसाद खनालले बाँदर आतंककै कारण गाउँको बसाईंसराई रोक्न नसकिएको जानकारी फोनमा दिए । ‘गाउँमा खेती गर्न छाडिसके । ३ सय ८९ घरधुरीमा १७ सय ८५ जनसंख्या छ । यो संख्यालाई गाउँमा बसाइसराईंबाट रोक्न मुस्किल परेको छ,’ वडाध्यक्ष खनालले भने ।


गत वर्ष बाँदरकै कारण गाउँबाट ९ घरले बसाइसराईं गरेको खनालले जानकारी दिए । ‘रोजगारी गरेर खान सक्ने गाउँमा कुनै कलकारखाना छैनन् । खेतीबाली गरेर निर्वाह गर्न बाँदर आतंक छ,’ उनले भने, ‘हेरालो राख्दा पनि २९ दिन जोगायो ३०औं दिनमा बाली जोगाउन मुस्किल पर्छ ।’

Advertisement


गाउँमा बाँदर आतंकबाट बसाइसराईं रोक्न अदुवा बेसार, कागती, अमिलो जन्य खेतीतर्फ कृषकलाई आकर्षण गर्नुपर्ने सांसद भट्टराईले बताए । ‘बाँदरकै करणले गर्दा धेरै बसाइसराईं हुँदा गाउँ नै खाली हुने अवस्था आइपर्ने स्थितितर्फ गण्डकी प्रदेश सरकारको कृषि ऊर्जा मन्त्रालयलाई ध्यानाकर्षण गराउँछु ।’


प्रदेश सभामा बागलुङ सदरमुकामदेखि ३ किलोमिटरको दुरीमा रहेको दबल्याङको पहिरो वर्षोनी गएपछि राज्यले त्यो सडक बनाउन ध्यान नदिएको सांसद कृष्ण पाठकले बताए । ‘त्यो सडक खण्डमा वर्षातको समयमा पहिरो जान्छ । कालीगण्डकी करिडोर त्यही बाटो भएर जान्छ, सडक असार महिनादेखि कात्तिक महिनासम्म त्यो बाटो बन्द हुन्छ । कालिगण्डकी करिडोर जो बागलुङदेखि बुटवलसम्म ४ घन्टामा पुग्न सकिन्छ । यसलाई अबिलम्ब बनाइयोस्,’ पाठकले भने ।


दुम्कीबास त्रिवेणी सडक मार्गलाई जनता मार्ग भनिएपनि उक्त बाटो बनाउन सरकारले ध्यान नदिएको दमयन्त्री रुचालले बताइन् । उनले गणतन्त्र स्थापनापछि बनेको सरकारले पनि प्रयत्न गरेको भन्दै उक्त सडक मार्गलाई खोल्न माग गरेका छन् ।
बागलुङको तमानखोलामा विगत केही दिनदेखि लागेको आगो सल्किँदै गएर बस्तीमा आउन लागेको भन्दै सांसद दिलमाया पौविले प्रदेश सरकारको दोस्रोपटक ध्यानकर्षण गराएकी छन् । सांसद भोजराज अर्यालले स्याङ्जाको वालिङ १० मा कुमाल जातिको मौलिक पेसा लोप हुँदै गएकाले यसको संरक्षण गर्न सरकारको ध्यानकर्षण गराएका हुन् । कुमाल जातिले विगतमा माटोको भाँडा बनाएर जीविकोपार्जन गर्दै आएकाले त्यो अहिलेको आधुनिक बजारले लोप हुने अवस्थामा पुगेकाले यसलाई बचाउन अनुरोध गरेका हुन् ।


‘त्यहाँ करिब ३ सय जातजातिको बसोबास गर्छ । उनीहरुको बोल्ने छुट्टै लिपि छैन । माटोको भाडा बनाएर बिक्री गर्थे । तर, अहिले लोप हुने अवस्थामा छ । उनीहरुको संग्रहालय बनाउन सरकार समक्ष माग गदर्छु,’ उनले भने । प्रदेश सभाको अर्काे बैठक २४ गते बस्ने भएको छ ।

तपाईको प्रतिक्रिया